Samajik Feed – News Portal from Nepal

आइतबारदेखि सामुदायिक विद्यालय बन्द गर्ने परिषद्को घोषणा

काठमाडौँ, १ असार । नेपाल विद्यालय कर्मचारी परिषद्ले सामुदायिक विद्यालय अनिश्चितकालीन बन्दको घोषणा गरेको छ । परिषद्ले आफूहरूका माग सम्बोधन नभएको भन्दै आइतबारदेखि विद्यालय बन्दसहित आन्दोलनका पूर्वघोषित कार्यक्रम कार्यान्वयन गर्ने भएको हो । परिषद्ले शुक्रबार ७ वटै प्रदेश समिति, ७७ वटै जिल्ला कार्यसमिति र ७५३ पालिका कार्यसमितिलाई निर्णय सर्कुलर गर्दै बन्दका कार्यक्रम सशक्त रूपमा सञ्चालन […]

कोशी सरकारले ३६ अर्ब २४ करोडको बजेट ल्यायो

विराटनगर, १ असार । कोशी प्रदेश सरकारले अध्यादेशमार्फत् बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार बजेट सार्वजनिक गरेका हुन् । कोशी सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो । बजेटमा चालुतर्फ १४ अर्ब ३९ […]

लिचीको दाना अड्किएर एक बालकको मृत्यु

सिन्धुली, १ असार । सिन्धुलीको कमलामाईमा लिचीको दाना अड्किएर एक बालकको मृत्यु भएको छ। कमलामाई नगरपालिका–६ धुराबजारका तीन वर्षीय क्रियान तामाङको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको हो । बिहीबार राति लिचीको दाना अड्किएपछि तत्कालै उनलाई सिन्धुली अस्पताल लगिएको थियो । तर, बालकलाई बचाउन सकिएन । samajik_feedsamajikfeed.com

त्रुटि नसच्चिएसम्म काठमाडौँ महानगरभित्र कुनै हिन्दी फिल्म चल्न दिँदैनाैँ: बालेन

काठमाडौँ, ३२ जेठ । काठमाडौँ महानगरका मेयर बालेन शाहले हिन्दी चलचित्र ’आदिपुरुष’ को त्रुटि नसच्चिएसम्म महानगरभित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने चेतावनी दिएका छन् । चलचित्र ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ शब्दावली नसच्याएसम्म महानगरले महानगरभित्र पर्ने हलमा कुनै पनि हिन्दी फिल्म चल्न नदिने भएको हो । मेयर शाहले तीन दिनभित्र फिल्ममा भएको […]

इन्ट्रा डे करेक्सनपछि नेप्सेमा सामान्य वृद्धि

३२ जेठ, जनकपुर । निरन्तर सात कारोबार दिनदेखि उकालो लागेका नेप्से बढेपछि लगानीकर्ताहरुले नाफा सुरक्षित गरेपछि नेप्सेमा इन्ट्रा डे करेक्सन भएको हो। आजको कारोवार समय अधिकांश नकारात्मक रहे पनि अन्तिमा नेप्से बढेर बन्द भएको हो । बिहीबार सेयर बजारमा ०.२५ प्रतिशतको वृद्धि हुँदा कारोबार रकम भने मंगलबार र बुधबारको तुलनामा घटेको छ । बिहीबार २७० […]

उत्तर प्रदेशको कुशीनगरमा आगलागी, ६ जनाको मृत्यु

भारत । उत्तर प्रदेशको कुशीनगरस्थित एक आवासीय भवनमा आगलागी हुँदा पाँच बालबालिकासहित ६ जनाको मृत्यु भएको छ । कुशीनगरको रामकोली थाना क्षेत्रको उर्धा गाउँको एक आवासीय भवनमा बुधबार राति भीषण आगलागी भएको हो । आगलागीको कारण भने खुल्न सकेको छैन । सुतिरहेको अवस्थामा महिला र बालबालिकाको मृत्यु भएको हो । घटनाको अनुसन्धान भइरहेको छ । […]

मधेश सरकारले शुक्रबार साँझ ५ बजे बजेट प्रस्तुत गर्ने

जनकपुरधाम, ३२ जेठ । मधेश प्रदेश सरकारले शुक्रबार आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्ने भएको छ । असार १ गते बजेट प्रस्तुत गरिसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार मधेश सरकारले बजेट सार्वजनिक गर्न लागेको हो । शुक्रबार साँझ ५ बजे अर्थमन्त्री संजयकुमार यादवले बजेट वक्तव्य प्रस्तुत गर्ने सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा सदस्यहरूलाई जानकारी दिनुभएको छ । बिहीबारको […]

मलंगवाका मेयर यादवले पनि राखे ‘ग्रेटर नेपाल’ को नक्सा

सर्लाही, ३२ जेठ । सर्लाहीको मलंगवा नगरपालिकाका मेयर नागेन्द्रप्रसाद यादवले पनि आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्नुभएको छ । यसअघि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्नुभएको थियो । भारतले नयाँ संसद् भवनमा नेपाली भूमिसमेत समावेश भएको ‘अखण्ड भारत’ को मुरल राखेपछि त्यसको विरोधमा नेपालमा पनि ‘ग्रेटर नेपाल’ को नक्सा राख्न […]

नागरिकताविहीनहरूको काठमाडौँकेन्द्रित संघर्ष जारी

काठमाडौँ, ३१ जेठ । नागरिकताविहीनहरूले निरन्तर काठमाडौँकेन्द्रित संघर्ष जारी राखेका छन् । बुधवार पनि काठमाडौँको माइतीघर मण्डलामा नागरिकताविहीन संघर्ष समितिको अगुवाइमा नागरिकताविहीनहरूले प्रदर्शन गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रमाणीकरण भएको नागरिकता विधेयकविरुद्ध सर्वोच्चमा रिट दायर भएसँगै उनीहरू निरन्तर आन्दोलनमा छन् । उनीहरूले सर्वोच्च अदालतले आफूहरूलाई न्याय नदिएसम्म काठमाडौँमा आन्दोलन गरेर बस्ने चेतावनी दिएका छन् […]

नेपालमा मनसुन भित्रियो

काठमाडौँ, ३१ जेठ । नेपालमा मनसुन भित्रिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज नेपाल भित्रिएको मनसुन कोशी, पूर्वी मधेश, बागमती प्रदेशका अधिकांश भू–भाग र गण्डकी प्रदेशका पूर्वी भूभागमा फैलिएको छ । नेपालका अन्य भूभागहरूमा भने केही दिनमा क्रमिक रूपमा मनसुन फैलिँदै जाने महाशाखाले जनाएको छ । यस वर्ष देशका अधिकांश स्थानमा औसतभन्दा […]