सिन्धुली, १ असार । सिन्धुलीको कमलामाईमा लिचीको दाना अड्किएर एक बालकको मृत्यु भएको छ।
कमलामाई नगरपालिका–६ धुराबजारका तीन वर्षीय क्रियान तामाङको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको हो ।
बिहीबार राति लिचीको दाना अड्किएपछि तत्कालै उनलाई सिन्धुली अस्पताल लगिएको थियो । तर, बालकलाई बचाउन सकिएन ।