Samajik Feed – News Portal from Nepal

काठमाडौँ, ३२ जेठ । काठमाडौँ महानगरका मेयर बालेन शाहले हिन्दी चलचित्र ’आदिपुरुष’ को त्रुटि नसच्चिएसम्म महानगरभित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने चेतावनी दिएका छन् ।

चलचित्र ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ शब्दावली नसच्याएसम्म महानगरले महानगरभित्र पर्ने हलमा कुनै पनि हिन्दी फिल्म चल्न नदिने भएको हो । मेयर शाहले तीन दिनभित्र फिल्ममा भएको शब्दावली सच्याउन भनेको छ । नेपालमा मात्र नभएर भारतमासमेत सच्चिनुपर्ने उनको तर्क छ ।

आज साँझ सामाजिक सञ्जालमार्फत् बालेनले भनेका छन्, ‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सच्चिँदैन तबसम्म काठमाडौँ महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन । यो सच्याउन तीन दिनको समय दिइएको छ । माता सीताको जय होस् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *