जनकपुरधाम, ३२ जेठ । मधेश प्रदेश सरकारले शुक्रबार आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्ने भएको छ । असार १ गते बजेट प्रस्तुत गरिसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार मधेश सरकारले बजेट सार्वजनिक गर्न लागेको हो ।
शुक्रबार साँझ ५ बजे अर्थमन्त्री संजयकुमार यादवले बजेट वक्तव्य प्रस्तुत गर्ने सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा सदस्यहरूलाई जानकारी दिनुभएको छ ।
बिहीबारको बैठकमा भने अर्थमन्त्री यादवले आर्थिक सर्वेक्षण २०७९/८० प्रस्तुत गर्नुभएको छ । यसअघि, जेठ २३ गते मधेश सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो ।