Samajik Feed – News Portal from Nepal

काठमाडौँ, ३१ जेठ । नेपालमा मनसुन भित्रिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज नेपाल भित्रिएको मनसुन कोशी, पूर्वी मधेश, बागमती प्रदेशका अधिकांश भू–भाग र गण्डकी प्रदेशका पूर्वी भूभागमा फैलिएको छ ।

नेपालका अन्य भूभागहरूमा भने केही दिनमा क्रमिक रूपमा मनसुन फैलिँदै जाने महाशाखाले जनाएको छ । यस वर्ष देशका अधिकांश स्थानमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ ।

यद्यपि यो सम्भावना स्थानपिच्छे फरक-फरक हुनेछ । यसअघि गत दुई वर्ष लगातार औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण विभागले गरेको थियो । तर गत वर्ष औसतमै वर्षा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *