Samajik Feed – News Portal from Nepal

पूर्वन्यायाधीश भुवन गिरीमाथि जुत्ता प्रहार

काठमाडौँ, ८ असार। काठमाडौँ जिल्ला अदालतमा पूर्वन्यायाधीश भुवन गिरीमाथि जुत्ता प्रहार भएको छ। अदालतभित्रै पूर्वन्यायाधीश गिरीकी पत्नी आरती गिरीले श्रीमान् भुवनमाथि जुत्ता प्रहार गरेकी हुन् । आरतीले भुवनमाथि वैवाहिक बलात्कारको मुद्दा चलाएकी छन् । सोही मुद्दाको पेसी बुझ्न आएका भुवनमाथि आरतीले जुत्ता प्रहार गरेकी हुन् । दुवै जना पेसी बुझ्न काठमाडौं जिल्ला अदालतमा पुगेका थिए […]

‘आदिपुरुष’ बाहेक अन्य हिन्दी चलचित्र चलाउने संघको निर्णय

काठमाडौँ, ८ असार । नेपाल चलचित्र संघले ‘आदिपुरुष’ बाहेक अन्य हिन्दी चलचित्र चलाउने निर्णय गरेको छ । संघले शुक्रबार विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो । बिहीबार उच्च अदालत पाटनले काठमाडौँ महानगरका सिनेमा हलहरूमा भारतीय चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो । संघको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश धिरबहादुर चन्दको एकल इजलासले सेन्सर […]

मधेशलाई कम बजेट दिएको कुरा सत्य छैन: प्रधानमन्त्री

काठमाडौँ, ८ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको बजेटमा मधेश प्रदेशमा कम बजेट विनियोजन गरिएको कुरा सत्य नभएको दाबी गरेका छन् । शुक्रबार प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले सङ्घीयताको मर्म अनुरूप सङ्घबाट प्रदेश र स्थानीय तहमा हुने वित्तीय हस्तान्तरणको १५ प्रतिशतभन्दा बढी रकम मधेश प्रदेशमा […]

नागरिकता ऐन कार्यान्वयनको बाटो खुल्यो

काठमाडाैँ, ७ असार । सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकविरुद्धको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्विकार गरेको छ । बिहीबार न्यायाधीश आन्नदमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले यो रिट निवेदनमा सुनुवाई गर्दै यसअघिको अल्पकालीन अन्तरिम आदेश निरन्तरता नहुने आदेश गरेको हो । सर्वाेच्चको यो आदेशसँगै नागरिकता ऐन कार्यान्वयनको बाटो खुला भएको […]

बैंकर अनिल केशरी शाह रास्वपामा प्रवेश

काठमाडौँ, ७ असार । बैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । उनलाई आज बिहान पार्टी कार्यालय बालाजुमा रास्वपा अध्यक्ष रवि लामिछानेले स्वागत गरेका हुन् । शाह गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेनिकट देखिएका थिए । निर्वाचनपछि एमालेबाट टाढिएका शाह बिहीबार औपचारिक रूपमा रास्वपा प्रवेश गरेका हुन् । पार्टी […]

भारतीय फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन आदेश, बालेनले भने–’आदेश मान्दैनाैँ’

काठमाडौँ, ७ असार । काठमाडौँ महानगरका सिनेमा हलहरूमा भारतीय चलचित्रको प्रदर्शन नरोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ । बिहीबार नेपाल चलचित्र संघको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश धिरबहादुर चन्दको एकल इजलासले सेन्सर बोर्डले अनुमति दिएका कुनै पनि चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएको हो । अल्पकालीन अन्तरिम आदेश दिएको अदालतले दुवै पक्षलाई […]

धनुषामा सर्पले टोकेर एक बालिकाको मृत्यु

धनुषा, ७ असार । धनुषामा सर्पले टोकेर एक बालिकाको मृत्यु भएको छ । धनुषाको बटेश्वर गाउँपालिका– १ चित्रपुरकी ५ वर्षीया सन्ध्याकुमारी महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । घरमै सुतिरहेकी बालिकालाई बिहीबार बिहान ओछ्यानमै सर्पले टोकेको थियो । अभिभावकले तत्कालै उपचारका लागि सिरहाको बन्दीपुर सर्पदंश उपचारका केन्द्रमा पुर्‍याएका थिए । तर त्यहाँ उपचार सम्भव नभएपछि […]

वीरगञ्ज महानगरको बजेट ३ अर्ब २१ करोड ३५ लाख (पूर्णपाठसहित)

पर्सा, ६ असार । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि ३ अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपैयाँको बजेट ल्याएको छ । उपप्रमुख इम्तियाज आलमले बुधबार पेश गरेको बजेटअनुसार महानगरले पुँजीगततर्फ ६८ करोड ८७ लाख १५ हजार अर्थात् २२ प्रतिशत, चालुतर्फ २ अर्ब ४८ करोड ८५ लाख ५ हजार अर्थात् ७७ प्रतिशत र […]

टेलिभिजनको अतिरिक्त रकम नअसुल्न इन्टरनेट प्रदायकलाई सरकारको निर्देशन

काठमाडौँ, ६ असार । टेलिभिजन च्यानलसमेत वितरण गर्ने इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई सर्वसाधारणबाट अतिरिक्त रकम नसुल्न निर्देशन दिएको छ । टेलिभिजन च्यानलसमेत वितरण गर्ने इन्टरनेट सेवा प्रदायकले ग्राहकसँग टेलिभिजनको अलग्गै शुल्क लाग्ने भन्दै सर्वसाधारणबाट गैरकानुनी रूपमा पैसा असुल्न थालेपछि सरकारले उक्त निर्देशन दिएको हो । सूचना तथा प्रसारण विभागले केही वितरक संस्थाले टेलिभिजन र इन्टरनेटको […]

नागरिकताविहीनमाथि प्रहरीले दमन गरेको भन्दै सांसद्‍ डा. सिंहद्वारा निन्दा

काठमाडौँ, ६ असार । नागरिकताविहीनहरूमाथि प्रहरीले दमन गरेको भन्दै सांसद डा. अमरेशकुमार सिंहले घटनाको निन्दा गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा सांसद डा. सिंहले नागरिकता पाउनुपर्ने माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा मंगलबार धर्नामा बसिरहेकाहरूमाथि दमन भएको भन्दै घटनाको निन्दा गर्नुभएको हो । सांसद सिंहले नागरिकलाई प्रहरी लगाएर दमन गर्ने काम तत्काल बन्द गर्न सरकारसँग माग […]