Samajik Feed – News Portal from Nepal

पर्सा, ६ असार । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि ३ अर्ब २१ करोड ३५ लाख ४४ हजार रुपैयाँको बजेट ल्याएको छ ।

उपप्रमुख इम्तियाज आलमले बुधबार पेश गरेको बजेटअनुसार महानगरले पुँजीगततर्फ ६८ करोड ८७ लाख १५ हजार अर्थात् २२ प्रतिशत, चालुतर्फ २ अर्ब ४८ करोड ८५ लाख ५ हजार अर्थात् ७७ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ करोड ६३ लाख २४ हजार अर्थात् १ प्रतिशत बराबरको बजेट ल्याएको हो ।

महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतहरूमध्ये आन्तरिक राजस्वबाट १ अर्ब २० करोड ४४ लाख ३० हजार रुपैयाँ रहेको छ भने सरकारको वित्तीय हस्तान्तरणबाट १ अर्ब ३३ करोड २१ लाख रुपैयाँ रहेको छ । त्यसैगरी, संघीय राजस्व बाँडफाँटबाट २५ करोड २४ लाख ७० हजार रुपैयाँ, प्रदेश वित्तीय हस्तान्तरणबाट ४ करोड ४५ लाख ९५ हजार र प्रदेश राजस्व बाँडफाँट २ करोड ८७ लाख व्यहोर्ने महानगरले जनाएको छ ।

विनियोजित बजेटमध्ये शिक्षा क्षेत्रका लाख १२ करोड २० लाख, स्वास्थ्य सेवाका लागि ३ करोड ७५ लाख, संस्कृति तथा पर्यटनका लागि २० लाख, वन तथा वातावरणका लागि ५० लाख, कृषि तथा पशुपालनका लागि एक करोड ७६ लाख, सरसफाई तथा खानेपानीका १२ करोड, खेलकुदका लागि १ करोड र यातायात पूर्वाधारका लागि ५९ करोड रुपैयाँ छुट्याइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *