Samajik Feed – News Portal from Nepal

काठमाडौँ, ७ असार । बैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । उनलाई आज बिहान पार्टी कार्यालय बालाजुमा रास्वपा अध्यक्ष रवि लामिछानेले स्वागत गरेका हुन् ।

शाह गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेनिकट देखिएका थिए । निर्वाचनपछि एमालेबाट टाढिएका शाह बिहीबार औपचारिक रूपमा रास्वपा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेशसँगै शाहलाई पार्टीको प्रशिक्षण विभाग प्रमुख बनाइएको छ । बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रशिक्षण विभागको प्रमुखको जिम्मेवारी शाहलाई दिएको हो । सभापति लामिछानेले शाहलाई रास्वपाको लोगो लगाएर जिम्मेवारी प्रदान गरेका हुन् । चर्चित बैंकर शाह नबिल बैंक र मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत भएर काम गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *