काठमाडौँ, ८ असार। काठमाडौँ जिल्ला अदालतमा पूर्वन्यायाधीश भुवन गिरीमाथि जुत्ता प्रहार भएको छ। अदालतभित्रै पूर्वन्यायाधीश गिरीकी पत्नी आरती गिरीले श्रीमान् भुवनमाथि जुत्ता प्रहार गरेकी हुन् ।
आरतीले भुवनमाथि वैवाहिक बलात्कारको मुद्दा चलाएकी छन् । सोही मुद्दाको पेसी बुझ्न आएका भुवनमाथि आरतीले जुत्ता प्रहार गरेकी हुन् । दुवै जना पेसी बुझ्न काठमाडौं जिल्ला अदालतमा पुगेका थिए ।
भुवनमाथि जुत्ता प्रहार गरेपछि आरतीलाई सुरक्षाकर्मीले गेट बाहिर राखेको थियो । आरतीले लगाएको वैवाहिक बलात्कार आरोपमा गत २८ चैतमा गिरी पक्राउ परेका थिए ।