जनमत पार्टीले बजेटको विपक्षमा मतदान गर्ने

काठमाडौँ, १३ असार। जनमत पार्टीले बजेटको विपक्षमा मतदान गर्ने भएको छ । बुधबार बसेको संसदीय दलको बैठकले संघीय सरकारले ल्याएको आर्थिक वर्ष २०८०/८१ को बजेटको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । गरिबमारा, मधेश विरोधी, जनतामारा, असमान बजेटलाई समर्थन नगर्ने निर्णय भएको पार्टीले जनाएको छ । देशकै अर्थतन्त्र धरासायी भइराखेका बेलामा लूटतन्त्रमुखी कार्यकर्ता पोस्न ल्याइएको […]
त्रिभुवन विमानस्थलमा यात्रुको बिदाइ तथा स्वागतमा तीन जना मात्र प्रवेश पाउने

काठमाडौँ, १२ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुलाई बिदाइ तथा स्वागत गर्न तीन जनाभन्दा बढी आफन्त प्रवेश गर्न नपाउने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलवार सूचना जारी गरेर भिडभाड नियन्त्रण गर्न भन्दै बिदाइ र स्वागतका लागि एक यात्रुका लागि बढीमा तीन जना मात्र आउन अपिल गरेको हो । विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुसेवाका […]
सर्लाहीको बलराका तत्कालीन जनस्वास्थ्य निरीक्षक मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ, १२ असार । सर्लाहीको बलरा नगरपालिकाका तत्कालीन जनस्वास्थ्य निरीक्षक मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । जनस्वास्थ्य निरीक्षक मिश्रका विभिन्न सम्पत्तिको स्रोत नखुलेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीविरुद्ध एक करोड ३० लाख ४५ हजार ७६० रुपैयाँ २९ पैसा बिगो कायम गरी मुद्दा दर्ता गरिएको आयोगले […]
भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङ पक्राउ

काठमाडौँ, १२ असार । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । ललिता निवास प्रकरणमा अनुसन्धानका लागि नेपाल प्रहरीको सीआईबीको टोलीले मंगलबार बिहान उनलाई काठमाडौँबाट पक्राउ गरेको हो । सरकारी कागजात किर्ते गरी ललिता निवासको जग्गा कब्जामा लिएको आरोमा अनुसन्धानका लागि गुरुङ नियन्त्रणमा लिइएको हो । ललिता निवासको सरकारी जग्गा हिनामिना उनीमाथि आरोप […]
‘मधेश दिवस’ मनाउने मधेशी आयोगको निर्णय, मिति तोक्न परामर्श

काठमाडाैँ, ११ असार । मधेशी आयोगले ‘मधेश दिवस’ मनाउने निर्णय गरेको छ । आइतबार बसेको आयोगको ८५ औं बैठकमा मधेश दिवस कहिले मनाउने सम्बन्धमा विज्ञहरूसँग छलफल भएको हो | बैठकमा मधेश दिवसको मिति निर्क्यौल गर्ने सम्बन्धमा छलफल भएको आयोगको प्रेस विज्ञप्तिमा उल्लेख छ । आयोगले नेपाल र नेपाली, मधेश र मधेशी गौरवान्वित हुने मिति तोक्ने […]
राैतहटमा ब्राउन सुगरसहित एक जना पक्राउ

रौतहट, ११ असार । रौतहटको चन्द्रनिहापुरमा लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । प्रहरीले चन्द्रपुर नगरपालिका–४ का ३० वर्षीय विवेक गुराेलाई पक्राउ गरेको हो । चेकजाँच गर्ने क्रममा गुरोले शरीरमा लुकाएर राखेका १.४६० ग्राम ब्राउन सुगर बरामद् गरेको प्रहरीले जनाएको छ । गुरोले प्रयोग गरेको ना. ५८ प ४२४६ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा […]
सिरहाको मिर्चैयामा एक सुरक्षागार्डको हत्या

सिरहा, ११ असार । सिरहाको मिर्चैयामा एक जनाको हत्या भएको छ । मिर्चैया साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा कार्यरत सुरक्षागार्ड मिर्चैया नगरपालिका- ८ का ६२ वर्षीय किशोरी रायको हत्या भएको हो । खानेपानी ट्यांकीको सुरक्षामा खटिएका उनको गएराति ड्युटी रहेका बेला घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको […]
उपराष्ट्रपतिको पद आवश्यक छैन : सांसद् झा
काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले उपराष्ट्रपतिको पद आवश्यक नभएको तर्क गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा सांसद झाले उपराष्ट्रपतिको पदले सम्झन लायक कुनै पनि काम गर्न नसकेको देशमा यो पद आवश्यक नै नभएको बताएका हुन् । उपराष्ट्रपतिले गर्ने काम राष्ट्रियसभा अध्यक्षले नै गर्न सक्ने व्यवस्था गर्नुपर्ने पनि उनले बताए । […]
जसपाको विधान अधिवेशन आज सुरु हुँदै

काठमाडौँ, १० असार । जनता समाजवादी पार्टीको विधान अधिवेशन आज सुरु हुँदैछ । प्रज्ञा प्रतिष्ठानमा सुरु हुने अधिवेशनमा केन्द्रीय कमिटीका ४ सय १० सदस्यका साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठनलगायतबाट देशभर तथा प्रवाससमेत गरी करिव ८०० प्रतिनिधिहरू सहभागी हुँदैछन् । विधान अधिवेशनको पहिलो दिन पार्टीको विधान मस्यौदा प्रस्तुत हुनेछ । मस्यौदा पार्टी अध्यक्ष उपेन्द्र […]
हेटौँडामा टिपरले स्कुटरलाई ठक्कर, एक जनाको मृत्यु

मकवानपुर, १० असार । हेटौँडामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । गएराति भैँसेबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००२प ६४४ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आएको बागमती प्रदेश०३–००१ख ८५१ नम्बरको टिपरले ठक्कर दिएको छ । उपमहानगरपालिका–२ चौकीटोलमा भएको दुर्घटनामा स्कुटरमा पछाडि सवार हेटौँडा–१ जरुवाटोलका २५ वर्षीय अमित कपाडीको मृत्यु भएको हो । […]