काठमाडौँ, १० असार । जनता समाजवादी पार्टीको विधान अधिवेशन आज सुरु हुँदैछ ।
प्रज्ञा प्रतिष्ठानमा सुरु हुने अधिवेशनमा केन्द्रीय कमिटीका ४ सय १० सदस्यका साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठनलगायतबाट देशभर तथा प्रवाससमेत गरी करिव ८०० प्रतिनिधिहरू सहभागी हुँदैछन् ।
विधान अधिवेशनको पहिलो दिन पार्टीको विधान मस्यौदा प्रस्तुत हुनेछ । मस्यौदा पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गर्ने कार्यक्रम छ ।