Samajik Feed – News Portal from Nepal

काठमाडौँ, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले उपराष्ट्रपतिको पद आवश्यक नभएको तर्क गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा सांसद झाले उपराष्ट्रपतिको पदले सम्झन लायक कुनै पनि काम गर्न नसकेको देशमा यो पद आवश्यक नै नभएको बताएका हुन् ।

उपराष्ट्रपतिले गर्ने काम राष्ट्रियसभा अध्यक्षले नै गर्न सक्ने व्यवस्था गर्नुपर्ने पनि उनले बताए । कर र खर्च कटौतीका लागि अनावश्यक पद राखिरहन नहुने उनको भनाइ छ ।

‘यो पदले सम्झिन लायक कुनै पाँचवटा कुरा हामी सम्झिन सक्छौँ ?’ उनले प्रश्न गर्दै भने, ‘त्यसैले हामीले सोच्नुपर्छ । हामी यो पदको परिकल्पना गर्दैनौँ । हामी यो पद आवश्यक छैन भन्छौँ । र राष्ट्रिय सभाको अध्यक्षले नै यसको काम गर्न सक्छ भन्छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *