Samajik Feed – News Portal from Nepal

मकवानपुर, १० असार । हेटौँडामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । गएराति भैँसेबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००२प ६४४ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आएको बागमती प्रदेश०३–००१ख ८५१ नम्बरको टिपरले ठक्कर दिएको छ ।

उपमहानगरपालिका–२ चौकीटोलमा भएको दुर्घटनामा स्कुटरमा पछाडि सवार हेटौँडा–१ जरुवाटोलका २५ वर्षीय अमित कपाडीको मृत्यु भएको हो ।

ठक्करबाट घाइते कपाडीको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिएका छन् । स्कुटरका चालक सामान्य घाइते छन् । ठक्कर दिने टिपर र चालकलाई प्रहरीले अनुसन्धानका लागि हिरासतमा लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *