Samajik Feed – News Portal from Nepal

सिरहा, ११ असार । सिरहाको मिर्चैयामा एक जनाको हत्या भएको छ । मिर्चैया साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा कार्यरत सुरक्षागार्ड मिर्चैया नगरपालिका- ८ का ६२ वर्षीय किशोरी रायको हत्या भएको हो ।

खानेपानी ट्यांकीको सुरक्षामा खटिएका उनको गएराति ड्युटी रहेका बेला घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । उनी आठ महिनादेखि यो संस्थामा कार्यरत थिए ।

यस विषयमा अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्यालयबाट कुकुरसहितको विशेष प्रहरी टोली परिचालन भएको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *