Samajik Feed – News Portal from Nepal

रौतहट, ११ असार । रौतहटको चन्द्रनिहापुरमा लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । प्रहरीले चन्द्रपुर नगरपालिका–४ का ३० वर्षीय विवेक गुराेलाई पक्राउ गरेको हो ।

चेकजाँच गर्ने क्रममा गुरोले शरीरमा लुकाएर राखेका १.४६० ग्राम ब्राउन सुगर बरामद् गरेको प्रहरीले जनाएको छ । गुरोले प्रयोग गरेको ना. ५८ प ४२४६ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *