Samajik Feed – News Portal from Nepal

काठमाडौँ, १२ असार । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । ललिता निवास प्रकरणमा अनुसन्धानका लागि नेपाल प्रहरीको सीआईबीको टोलीले मंगलबार बिहान उनलाई काठमाडौँबाट पक्राउ गरेको हो ।

सरकारी कागजात किर्ते गरी ललिता निवासको जग्गा कब्जामा लिएको आरोमा अनुसन्धानका लागि गुरुङ नियन्त्रणमा लिइएको हो । ललिता निवासको सरकारी जग्गा हिनामिना उनीमाथि आरोप छ ।

ललिता निवास प्रकरणमा मुछिएका गुरुङ प्रहरीको फरार सूचीमा रहेका थिए । उनलाई उनकै निवास नक्सालबाट पक्राउ गरिएको हो ।

कागजात किर्ते गर्ने कर्मचारी तथा अन्य व्यक्तिलगायत तीन सय जनाविरुद्ध छुट्टै अनुसन्धान गरी प्रहरीले सरकारी वकिल कार्यालयलाई प्रतिवेदन दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *