Samajik Feed – News Portal from Nepal

मधेशमा लम्पी स्किनबाट दुई हजार २५ पशुको मृत्यु, खोप अभियान सुरु

जनकपुरधाम, १५ साउन । मधेश सरकारले लम्पी स्किन रोगविरुद्वको खोप अभियान सुरु गरेको छ । सोमबार जनकपुरधामस्थित सीताराम गौशालामा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपानेले खोप अभियानको शुभारम्भ गरेका हुन् । अभियानअन्तर्गत मधेशका आठवटै जिल्लामा आठ–आठ हजारका दरले कुल ६४ हजार खोप पठाइएको छ । मधेश प्रदेशमा लम्पी स्किन रोगबाट हालसम्म २ हजार २५ […]

मधेश सरकार विस्तार : काँग्रेस र जनमतबाट दुई मन्त्री नियुक्त

मधेश सरकारमम काँग्रेसबाट मो. समिम गृह सञ्चार तथा कानुन र जनमतबाट चन्दन सिंह श्रम तथा यातायात मन्त्री बनेका छन् । दुबैजनालाई मुख्यमन्त्री सरोजकुमार यादवले नियुक्त गरेका छन् । नव नियुक्त मन्त्री द्वयले प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनियताको शपथ लिएका छन् । samajik_feedsamajikfeed.com

मधेश प्रदेश: मन्त्री कुशवाहा र राज्यमन्त्री यादवद्वारा राजीनामा

जनकपुरधाम, १५ साउन । मधेश प्रदेश सरकारका एक मन्त्री र एक राज्यमन्त्रीले पदबाट राजीनामा दिएका छन् । प्रदेश सरकारका विनाविभागीय मन्त्री वसन्त कुशवाहा र बिनाविभागीय राज्यमन्त्री सञ्जयकुमार यादवले सोमबार मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष राजीनामा बुझाएका हुन् । राजीनामा दिने दुबै जना जनमत पार्टीका तर्फबाट सरकारमा सहभागी थिए । दुबै मन्त्रीले पार्टीको निर्देशनअनुसार राजीनामा बुझाएको जनमत पार्टीका […]

पाकिस्तानको एक राजनीतिक सभामा बम विस्फोट, ४० जनाको मृत्यु

पाकिस्तान । पाकिस्तानको खारस्थित राजनीतिक सभामा बम विस्फोट हुँदा कम्तिमा ४० जनाको मृत्यु भएको छ भने करिब २०० जना घाइते भएका छन् । केही गम्भीर घाइतेहरूलाई उद्धार गरी पेशावरका अस्पतालहरूमा ल्याइएको छ। खैबर पख्तुनख्वाको बाजौर जिल्लाको खार तहसीलमा जमियत उलेमा इस्लाम-फजलको सभा चलिरहेका बेला बम विस्फोट भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । विस्फोटमा खार तहसीलमा […]

मुस्लिम धर्मावलम्बीले मोहर्रम पर्व मनाउँदै

जनकपुरधाम, १४ साउन । मुस्लिम धर्मावलम्बीले मोहर्रम पर्व अर्थात दाहा मनाइरहेका छन् । इस्लामी नयाँ वर्ष १४४५ हिजरीको सुरुआतसँगै यो पर्व दश दिनसम्म विभिन्न कार्यक्रम गरी मनाइन्छ । जनकपुरधाममा पनि मुस्लिम धर्मावलम्बीहरूले दाहा पर्व मनाइरहेका छन् । उनीहरूले हरेक वर्ष जस्तै यस वर्ष पनि बाह्बिगहा रंगभूमि मैदानमा मोहर्रम पर्व मनाएका हुन् । मुस्लिम धार्मिक गुरु […]

नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीबीच एकीकरण

जनकपुरधाम, १४ साउन । नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीबीच एकीकरण भएको छ । जनकपुरधाममा आइतबार कार्यक्रम गरी दुबै पार्टीले एकीकरण भएको घोषणा गरेका हुन् । कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले मधेशवादी दलहरूले आफूलाई धोखा दिएको आरोप लगाएका छन् । मधेश थरुहट आन्दोलनका राजबन्दीको रिहाइका लागि मधेशवादी दलहरूले प्रयास नगरेको पनि उनले […]

सिरहामा पेस्तोलसहित दुई जना पक्राउ

सिरहा, १४ साउन । सिरहाको सुखिपुरमा एक थान पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले औरही गाउँपालिका-२ बननियाका २४ वर्षीय कम्रुदिन राइन र सोही ठाउँका १८ वर्षीय किशोरलाई पेस्तोलसहित पक्राउ गरेको हो । सुखिपुर नगरपालिका-४ गोडिअर्वाबाट होममेड सेमी अटोमेटिक पेस्तोल १ थान र सोही पेस्तोलमा लाग्ने ५ गोली उनीहरूबाट बरामद् भएको प्रहरीले जनाएको छ […]

नापी अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ, १४ साउन । काठमाडाैँको चाबहिलस्थित नापी कार्यालयका अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा अधिकृत राजु पुरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दाक दायर गरेको हाे । २०५२ सालदेखि सार्वजनिक सेवा प्रवेश गरेका पुरीले सार्वजनिक सेवाको पदमा बहाल रहँदा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन […]

प्रादेशिक अस्पतालहरूलाई व्यवस्थित गर्न लागिपरेको छु: मन्त्री सिंह

जनकपुरधाम, १२ साउन । मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्र सिंहले प्रदेशभित्रका सबै प्रादेशिक अस्पतालको स्तरोन्नति कार्य सुरु भइसकेको बताउनुभएको छ । जनकपुरधाममा बिहीबार पालिकाका जनप्रतिनिधि तथा अस्पतालहरूका चिकित्सक तथा स्वास्थ्यकर्मीसँगको अन्तर्कियामा मन्त्री सिंहले यस्तो बताउनुभएको हो । उहाँले आठवटै जिल्लाका प्रादेशिक अस्पतालहरू रेफरल अस्पताल जस्तै भएको भन्दै यी अस्पतालहरूको व्यवस्थापकीय पक्षमा सुधार कार्य सुरु […]

म्यानमार पुगेका नेपालीलाई बन्दी बनाई अबैध काममा लगाइयो, एडभाइजरी जारी

काठमाडाैँ, १२ साउन । रोजगारीका लागि विदेश जाँदा पर्यटक वा भिजिट भिसामा नजान परराष्ट्र मन्त्रालयले आग्रह गर्दै ‘ट्राभल एडभाइजरी’ जारी गरेको छ । सूचना प्रविधिक क्षेत्रमा आकर्षक रोजगारी पाउने प्रलाेभनमा परी थाइल्याण्ड हुँदै म्यानमारमा पुगेका नेपालीहरूलाई बन्धक बनाई अबैध काममा लगाइएकाे घटना सार्वजनिक भएपछि परराष्ट्र मन्त्रालयले ट्राभल एडभाइजरी जारी गरेको हो । शुक्रबार ट्राभल एड्भाइजरी […]