सिरहा, १४ साउन । सिरहाको सुखिपुरमा एक थान पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले औरही गाउँपालिका-२ बननियाका २४ वर्षीय कम्रुदिन राइन र सोही ठाउँका १८ वर्षीय किशोरलाई पेस्तोलसहित पक्राउ गरेको हो ।
सुखिपुर नगरपालिका-४ गोडिअर्वाबाट होममेड सेमी अटोमेटिक पेस्तोल १ थान र सोही पेस्तोलमा लाग्ने ५ गोली उनीहरूबाट बरामद् भएको प्रहरीले जनाएको छ । बीआर ३२ एएम ३७७८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा हतियार बरामद् भएकाे हाे । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।