Samajik Feed – News Portal from Nepal

काठमाडौँ, १४ साउन । काठमाडाैँको चाबहिलस्थित नापी कार्यालयका अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा अधिकृत राजु पुरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दाक दायर गरेको हाे ।

२०५२ सालदेखि सार्वजनिक सेवा प्रवेश गरेका पुरीले सार्वजनिक सेवाको पदमा बहाल रहँदा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गर्नुका साथै अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएको अख्तियारको भनाइ छ ।

उनीविरुद्ध एक करोड चार लाख तीन हजार नौ सय एकचालीस रूपैयाँ त्रियासी पैसा बिगो माग गर्दै आयोगले विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

त्यसयता २०७९ असार मसान्तसम्मको अवधिमा उनको आयतर्फ पारिश्रमिक बचत, अन्य भत्ता, कर्जा, कृषि आय, घर तथा जग्गा बहाल आय लगायत हेर्दा एक करोड बीस लाख सतहत्तर हजार सात सय अठचालीस रुपैयाँ उनान्सत्तरी पैसा गरेको देखिन्छ ।

उनको व्ययतर्फ हेर्दा दुई करोड चौबीस लाख एकासी हजार छ सय नब्बे रुपैयाँ बाउन्न पैसा खर्च तथा लगानी गरेको देखिन्छ । यस अवधिमा उनले प्राप्त गरेको आय रकम एक करोड चार लाख तीन हजार नौ सय एकचालिस रूपैयाँ त्रियासी पैसा बराबरको खर्च तथा लगानी (सम्पत्ति) को वैधानिक स्रोत खुल्न सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *