Samajik Feed – News Portal from Nepal

दुई बालिकामाथि करणी गरेको आरोपमा एक युवक पक्राउ

पाल्पा, १८ साउन । पाल्पामा दुई बालिकामाथि करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । करणी आरोपमा तानसेन नगरपालिका–४ पाँडेखर्क बस्ने २२ वर्षीय विशाल ठडराईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । आरोपित ठडराईले गएको आइतबार राति ११ वर्षीया बालिकालाई र तानसेनकै अर्की १३ वर्षीया बालिकालाई करणी गरेको आरोप छ । पीडितको जाहेरीको आधारमा […]

जानकी मन्दिरको फूलबारीमा रोपिए १०१ फूलका विरुवा

जनकपुरधाम, १८ साउन । जानकी मन्दिरको फूलबारीमा फूलका विरुवाहरू रोपिएका छन् । जनकपुरियन लेडिज ग्रुपको पहलमा बिहीबार बिहान जानकी मन्दिरको फूलबारीमा विभिन्न प्रजातिका १०१ वटा फूलको विरुवा रोप्ने कार्यक्रम भएको हो । त्यसक्रममा बेलपत्र, चन्दन, धुपी, रबर प्लान्ट, सम्मीलगायत विरुवा पनि रापिएको ग्रुपले जनाएको छ । केही दिनअघि मात्रै जनकपुरधामका युवा अभियानीहरूले फूलबारी क्षेत्रमा गरिएको […]

एमालेले आज पनि राष्ट्रियसभाको बैठक अवरुद्ध गर्ने

काठमाडाैँ, १८ साउन । नेकपा एमाले आज पनि राष्ट्रियसभाको बैठक अवरुद्ध गर्ने भएको छ । दिउँसो १ बजे बस्न लागेको बैठक एमाले अवरुद्ध गर्ने जनाएको हो । गत साउन २ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट जाँच पास भएर बाहिरिएको १ सय किलो सुन तस्करी प्रकरणमा सत्यतथ्य छानबिनको माग गर्दै एमालेले निरन्तर संसद् अवरोध गर्दै आइरहेको […]

गौर हत्याकाण्डका पीडितहरूद्वारा पाँचौँ दिन पनि धर्ना जारी

राैतहट, १७ साउन । गौर हत्याकाण्डका पीडितहरूले रौतहटको चन्द्रपुरमा बुधबार पाँचौँ दिन पनि धर्ना जारी राखेका छन् । १७ वर्षअघि भएको गौर हत्याकाण्डका पीडितहरूले दोषीलाई कारबाहीको माग राख्दै धर्नामा बस्दै आएका हुन् । गत शनिबारदेखि निरन्तर धर्नामा बस्दै आए पनि माग सम्बोधनमा सरकारले चासो नदेखाएको पीडितहरूको गुनासो छ । उनीहरूले संघर्ष समिति नै गठन गरी […]

जनकपुरधामभित्रका निजी अस्पताललाई शुल्कहरूको विवरण बुझाउन निर्देशन

जनकपुरधाम, १७ साउन । जनकपुरधाम उपमहानगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका निजी स्वास्थ्य संस्थाहरूलाई सबै किसिमका शुल्कको विवरण बुझाउन निर्देशन दिएको छ । उपमहानगरपालिकाले बुधबार सूचना जारी गर्दै उपमहानगर क्षेत्रभित्र सञ्चालनमा रहेका सम्पूर्ण निजी स्वास्थ्य संस्थाहरूलाई सेवाग्राहीसँग लिने सम्पूर्ण शुल्कहरूको विवरण पाँच दिनभित्र लिखित रूपमा पेश गर्न निर्देशन दिएको हो । स्वास्थ्य संस्थाहरूले लिने भर्ना शुल्क, बेड […]

रवि लामिछानेले सञ्चालनमा ल्याए निःशुल्क ‘ब्लु बस’

चितवन, १७ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् प्रतिनिधिसभाका सांसद् रवि लामिछानेले महिलाका लागि चितवनमा निःशुल्क ‘ब्लु बस’ सञ्चालनमा ल्याएका छन् । प्रतिनिधिसभाका सांसदमा निर्वाचित भएको एक सय दिन पूरा भएको अवसर पारेर लामिछानले ब्लु बस सञ्चालनमा ल्याएका हुन् । यो बस सञ्चालनले जिल्लावासी महिलालाई सहज हुने उनले विश्वास व्यक्त गरेका छन् । सभापति […]

उपराष्ट्रपति यादवले फहराए ११० फिट अग्लो राष्ट्रिय झण्डा

जनकपुरधाम, १६ साउन । उपराष्ट्रपति रामसहायप्रसाद यादवले महोत्तरीमा १ सय १० फिट अग्लो राष्ट्रिय झण्डा फहराएका छन् । उपराष्ट्रपति यादवले मंगलबार मटिहानी–७ स्थित तस्मैयाबाबा उद्यानमा रहेको एक सय १० फिट अग्लो पोलमा राखिएको झण्डा फहराएर उद्घाटन गरेका हुन् । झण्डा उद्घाटन तथा नागरिक अभिनन्दन कार्यक्रममा उपराष्ट्रपति यादवले मटिहानी नगरमा राष्ट्रध्वज स्थापना गरी यहाँका जनताले राष्ट्रप्रति […]

भारतमा पुल निर्माणका क्रममा गिर्डर मेसिन खस्यो, १७ कामदारको मृत्यु

भारत, १६ साउन । भारतको महाराष्ट्रमा सडकको पुल निर्माणका क्रममा गिर्डर मेसिन माथिबाट खस्दा १७ जना कामदारको मृत्यु भएको छ । महाराष्ट्रको ठाणे जिल्लास्थित समरुद्धि महामार्ग नामक द्रूतमार्गको पुल निर्माणका लागि गह्रौं खालका सामग्रीहरूमाथि पुर्‍याउने क्रममा सय फिट माथिबाट मसिन खसेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । घटनास्थलबाट १७ वटा शव निकालिएको छ भने भग्नावशेषमा […]

उपराष्ट्रपति यादव मटिहानीमा, ११० फिट अग्लो राष्ट्रिय झण्डा फहराउने

महोत्तरी, १६ साउन । उपराष्ट्रपति रामसहायप्रसाद यादव मंगलबार महोत्तरीको मटिहानी आइपुगेका छन् । मटिहानी–७ तस्मैयाबाबा उधानमा रहेको ११० फिट अग्लो राष्ट्रिय झण्डा फहराउनका लागि उपराष्ट्रपति यादव मटिहानी पुगेका हुन् । मटिहानी नगरकार्यपालिकाको निमन्त्रणामा आएका यादवलाई नागरिक अभिनन्दन पनि गरिने कार्यक्रम छ । आज बिहान हवाई मार्ग हुँदै जनकपुरधाम आएर उपराष्ट्रपति यादव मटिहानी पुगेका हुन् । […]

सिरहामा एक युवकको शव फेला, हत्या भएको आशंका

सिरहा, १६ साउन । सिरहाको गोलबजारमा एक युवकको शव फेला परेको छ । गोलबजार नगरपालिकास्थित गागन खोलाको पश्चिम किनारमा मंगलबार बिहान अन्दाजी २५ वर्षका एक युवकको शव फेला परेको हो । शवको प्रकृति हेर्दा युवकलाई हत्या गरी फलिएको हुन सक्ने प्रहरीको अनुमान छ । टाउकोमा चोट लागेको र घाँटीमा गम्छा बेरिएको अवस्थामा शव फेला परेको […]