महोत्तरी, १६ साउन । उपराष्ट्रपति रामसहायप्रसाद यादव मंगलबार महोत्तरीको मटिहानी आइपुगेका छन् । मटिहानी–७ तस्मैयाबाबा उधानमा रहेको ११० फिट अग्लो राष्ट्रिय झण्डा फहराउनका लागि उपराष्ट्रपति यादव मटिहानी पुगेका हुन् ।
मटिहानी नगरकार्यपालिकाको निमन्त्रणामा आएका यादवलाई नागरिक अभिनन्दन पनि गरिने कार्यक्रम छ । आज बिहान हवाई मार्ग हुँदै जनकपुरधाम आएर उपराष्ट्रपति यादव मटिहानी पुगेका हुन् ।