Samajik Feed – News Portal from Nepal

सिरहा, १६ साउन । सिरहाको गोलबजारमा एक युवकको शव फेला परेको छ । गोलबजार नगरपालिकास्थित गागन खोलाको पश्चिम किनारमा मंगलबार बिहान अन्दाजी २५ वर्षका एक युवकको शव फेला परेको हो ।

शवको प्रकृति हेर्दा युवकलाई हत्या गरी फलिएको हुन सक्ने प्रहरीको अनुमान छ । टाउकोमा चोट लागेको र घाँटीमा गम्छा बेरिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

दुई–चारदिन अगाडि नै घटना भएको हुनसक्ने पनि अनुमान गरिएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *