Samajik Feed – News Portal from Nepal

काठमाडाैँ, १८ साउन । नेकपा एमाले आज पनि राष्ट्रियसभाको बैठक अवरुद्ध गर्ने भएको छ । दिउँसो १ बजे बस्न लागेको बैठक एमाले अवरुद्ध गर्ने जनाएको हो । गत साउन २ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट जाँच पास भएर बाहिरिएको १ सय किलो सुन तस्करी प्रकरणमा सत्यतथ्य छानबिनको माग गर्दै एमालेले निरन्तर संसद् अवरोध गर्दै आइरहेको छ ।

सुन बरामद् प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको संलग्नता रहेको पनि एमालेले आरोप लगाउँदै आएको छ । एमालेले उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै सदन अवरोध गर्दै आएको छ । एमालेकै अवरोधका कारण प्रतिनिधिसभाको बैठक २२ गतेसम्म स्थगित भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *