पाल्पा, १८ साउन । पाल्पामा दुई बालिकामाथि करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
करणी आरोपमा तानसेन नगरपालिका–४ पाँडेखर्क बस्ने २२ वर्षीय विशाल ठडराईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
आरोपित ठडराईले गएको आइतबार राति ११ वर्षीया बालिकालाई र तानसेनकै अर्की १३ वर्षीया बालिकालाई करणी गरेको आरोप छ ।
पीडितको जाहेरीको आधारमा आरोपित युवालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।