Samajik Feed – News Portal from Nepal

किशोरीलाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ

बाँके, साउन २५ । बाँकेमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले सुर्खेत सिम्ता गाउँपालिका–३ बस्ने २३ वर्षीय भीमबहादुर विकलाई बुधबार दिउँसो पक्राउ गरेको हो । विकले ती किशोरीलाई नेपालगञ्ज उपमहानगरपालिका–२ स्थित होटलमा लगेर विभिन्न प्रलोभन देखाई […]

सर्लाहीमा एक युवकको ‘टाउको’ काटिएको अवस्थामा फेला

सर्लाही, २५ साउन । सर्लाहीको हरिवनमा एक युवकको ‘टाउको’ काटिएको अवस्थामा फेला परेको छ । बिहीबार हरिवन नगरपालिका–४ स्थित लखनदेई खोलाको पुल मुनि एक युवकको टाउको काटिएको अवस्थामा भेटिएको हो । शरीर भने फेला परेको छैन । बिहीबार बिहान स्थानीयवासीले खोलाको बगरमा घाँटीबाट छिनिएको टाउको देखेपछि प्रहरीमा खबर गरेका थिए । घटनास्थलमा अहिले एसपी नरेशराज […]

विदेशमा श्रमिकको मृत्यु वा अंगभंग हुँदा दिइने राहत रकममा वृद्धि हुने

काठमाडौँ, २४ साउन । वैदेशिक रोजगारीमा जाने श्रमिकको मृत्यु वा अंगभंग हुँदा दिइने राहत रकममा वृद्धि हुने भएको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकको मृत्यु वा अंगभंग हुँदा श्रमिकहरूलाई वैदेशिक रोजगार बोर्डबाट उपलब्ध हुने राहत रकम वृद्धि गर्ने तयारी सरकारले गरेको हो । विदेशमा मृत्यु भएमा हाल दिँदै आएको ७ लाखलाई वृद्धि गरी १५ लाखसम्म […]

सिम्रौनगढका तत्कालीन प्रशासकीय अधिकृत साहसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ, २४ साउन । बाराको सिम्रौनगढका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत, इन्जिनियरसहित १० जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह कानु, लेखा अधिकृत, इन्जिनियर, उपभोक्ता समितिका अध्यक्षसमेत १० जनाविरुद्ध मुद्दा दायर गरिएको हो । सिम्रौनगढ […]

वीरगञ्जका मालपोत अधिकृतसहित ६ जनाविरुद्ध मुद्दा, भ्रष्टाचार गरेको आरोप

काठमाडाैँ, २४ साउन । राजस्व चुहावटको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले मालपोत कार्यालय वीरगंजका अधिकृत हरिनारायण मिश्रसहित ६ जनाविरुद्ध बुधबार विशेष अदालतमा आरोप–पत्र दायर गरेको हो । भ्रष्टाचार आरोपमा अख्तियारले मालपोत अधिकृत हरिनारायण मिश्र, मालपोत अधिकृत सनदकुमार द्वीवेदी ब्रह्मण, मालपोत अधिकृत चन्द्रबहादुर भण्डारी, कम्प्युटर अधिकृत कमोद तिवारी, […]

सिरहाको मिर्चैयास्थित होटलमा एक जना मृत भेटिए

सिरहा, २४ साउन । सिरहाको मिर्चैयामा एक युवक मृत अवस्थामा फेला परेका छन् । मिर्चैया नगरपालिका–६ कटारी चोकमा रहेको शम्भु होटलको पछाडि विराटनगर महानगरपालिका–१० का २५ वर्षीय सिद्धान्त भट्टराईको शव फेला परेको हो । विराटनगरबाट को. १ च ९१७२ नम्बरको पिकअप गाडीमा कापी (अभ्यास पुस्तिका) को मार्केटिङ्ग गर्दै आएका भट्टराईले शम्भु होटलनजिकै रहेको सहदेव होटल […]

धनुषामा बाढीले बगाएर एक जनाको मृत्यु, दुई जना बेपत्ता

धनुषा, २३ साउन । धनुषामा बाढीले बगाएर एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । मिथिला नगरपालिका–२ स्थित अनन्तपुरमा खोलाले बगाउँदा सोही ठाउँका १६ वर्षीय अजय यादवको मृत्यु भएको हो । गएराति यादवलाई बाढीले बगाएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दिपक कार्कीले जानकारी दिएका छन् । गम्भीर घाइते भएको अवस्थामा […]

रोल्पामा बस दुर्घटना, चार जनाको मृत्यु

रोल्पा, २३ साउन । रोल्पाको रिचीमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । अन्य १४ जना घाइते भएको छन् । मंगलबार रोल्पाको बागमारादेखि दाङको घोराहीतर्फ जाँदै गरेको ना ५ ख २६१२ नम्बरको बस रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँस्थित रिची गाउँमा दुर्घटना भएको हो । बस करिब ५० मिटर तल खसेको छ । तीव्र गतिमा […]

गौर हत्याकाण्ड पीडित र सरकारबीच पाँचबुँदे सहमति

काठमाडौँ, २३ साउन । गौर हत्याकाण्ड पीडित सङ्घर्ष समिति र सरकारबीच पाँचबुँदे सहमति भएको छ । मंगलबार गृह मन्त्रालयमा भएको वार्तामा गृहका प्रवक्ता नारायणप्रसा भट्टराई र समितिकी अध्यक्ष रुपसागर देवी उपाध्यायबीच सहमति भएको हो । गौर हत्याकाण्डमा मृत्यु भएका र घाइते भएका परिवारका सदस्यहरूसँग छलफलपछि घटनाबारे छानबिन र अनुसन्धान गरेर दोषीलाई कानुनी दायरामा ल्याउन गृह […]

आज पनि घट्यो सुनको मूल्य

काठमाडौं, २३ साउन । नेपाली बजारमा सुनको मूल्य घट्दै गएको छ । मंगलबार सुन तोलामा तीन सय रुपैयाँ घट्दै प्रतितोला एक लाख १२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो अघिल्लो दिनको तुलनामा एक सय रुपैयाँ घट्दै प्रतितोला एक लाख १२ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य […]