सर्लाही, २५ साउन । सर्लाहीको हरिवनमा एक युवकको ‘टाउको’ काटिएको अवस्थामा फेला परेको छ । बिहीबार हरिवन नगरपालिका–४ स्थित लखनदेई खोलाको पुल मुनि एक युवकको टाउको काटिएको अवस्थामा भेटिएको हो । शरीर भने फेला परेको छैन ।
बिहीबार बिहान स्थानीयवासीले खोलाको बगरमा घाँटीबाट छिनिएको टाउको देखेपछि प्रहरीमा खबर गरेका थिए । घटनास्थलमा अहिले एसपी नरेशराज सुवेदी आफैँ पुगेर अनुसन्धान गरिरहेका छन् ।
एसपी सुवेदीले युवकको हत्या भएको वा बाढीले बगाएर ल्याएको शवको टाउको भएको भन्ने विषयमा अनुसन्धान भइरहेको बताए । शरीरको खोजी भइरहेको पनि उनले बताए ।