Samajik Feed – News Portal from Nepal

काठमाडौँ, २४ साउन । वैदेशिक रोजगारीमा जाने श्रमिकको मृत्यु वा अंगभंग हुँदा दिइने राहत रकममा वृद्धि हुने भएको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकको मृत्यु वा अंगभंग हुँदा श्रमिकहरूलाई वैदेशिक रोजगार बोर्डबाट उपलब्ध हुने राहत रकम वृद्धि गर्ने तयारी सरकारले गरेको हो ।

विदेशमा मृत्यु भएमा हाल दिँदै आएको ७ लाखलाई वृद्धि गरी १५ लाखसम्म पुर्‍याउने तयारी सरकारले गरेको छ । बुधबार पत्रकारहरूसँगको छलफलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले यस्तो जानकारी दिएका हुन् ।

उनले २०६७ सालमा तोकिएको रकम समयअनुकल नभएको भन्दै रकम सरकारले बढाउने तयारी गरेको जनाए । त्यस्तै, विदेशमा मृत्यु भएकाको सन्तानका लागि उपलब्ध हुने शैक्षिक छात्रवृत्ति पनि वृद्धि गरिनेछ । यसका लागि प्रकृयागत कामहरू भइरहेको पनि सचिव भण्डारीले जानकारी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *