Samajik Feed – News Portal from Nepal

रोल्पा, २३ साउन । रोल्पाको रिचीमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । अन्य १४ जना घाइते भएको छन् । मंगलबार रोल्पाको बागमारादेखि दाङको घोराहीतर्फ जाँदै गरेको ना ५ ख २६१२ नम्बरको बस रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँस्थित रिची गाउँमा दुर्घटना भएको हो ।

बस करिब ५० मिटर तल खसेको छ । तीव्र गतिमा गुडिरहेको बस चालकको नियन्त्रण बाहिर जाँदा दुर्घटनामा परेको प्रत्यक्षदर्शीले जनाएका छन् । मृतकहरूको पहिचान हुन भने बाँकी छ ।

चालकसहित घाइतेलाई उद्धार गरेर रोल्पाको रेउघास्थित जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *