Samajik Feed – News Portal from Nepal

राैतहटमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु, ट्रकमा आगजनी

रौतहट, ७ भाद्र । राैतहटको चन्द्रपुरका स्थानीयले पैदल यात्रीलाई ठक्कर दिने ट्रकमा आगजनी गरेका छन् । बिहीबार ना. ६ ख १५०० नम्बरको ट्रकले चन्द्रपुरमा ठक्कर दिँदा पैदल यात्री होममाया मगर बिमलीको मृत्यु भएको थियो । चन्द्रपुर–१ की बिमलीको मृत्युपछि स्थानीयवासीले ट्रकमा आगजनी गरेका हुन् । स्थानीयले आगो निभाउन गएको चन्द्रपुर नगरपालिकाको बारुणयन्त्रमा समेत तोडफोड गरेका […]

भारतको चन्द्रयान–३ चन्द्रमाको सतहमा अवतरण

एजेन्सी । भारतको चन्द्रयान–३ चन्द्रमाको सतहमा आज साँझ सफलतापूर्वक अवतरण भएको छ । भारतले चन्द्रमाको दक्षिणध्रुवमा आफ्नो चन्द्रयान अवतरण गराएको हो । यो क्षेत्रमा हालसम्म कुनै पनि मुलुकका यान पुगेका छैनन् । चन्द्रमाको सतहमा यसअघि अमेरिका, रुस र चीनमात्रै सफलतापूर्वक यान अवतरण गराएका छन् । इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) ले गत असार २९ गते […]

नवजात शिशु बिक्री गरेको आरोपमा चिकित्सक पक्राउ

विराटनगर, ६ भाद्र । नवजात शिशु बिक्री गरेको आरोपमा विराटनगरस्थित ग्रिनक्रस अस्पतालका चिकित्सक डा. तपेश्वरलाल कर्ण पक्राउ परेका छन् । कोशी अस्पतालका पूर्वमेडिकल सुपरिटेन्डेन्टसमेत रहेका डा. कर्णले अविवाहित जोडीको सम्बन्धबाट जन्मिएको शिशु निःसन्तान दम्पतीलाई ५ लाख रुपैयाँमा बिक्री गरेको पुष्टि भएको हो । उनले भोजपुर हतुवागढीका अविवाहित गोविन्द राई र उनकी प्रेमिकाको सम्बन्धबाट गत असार […]

शरणार्थी प्रकरणको अनुसन्धान गरी चर्चित भएका दुई एसएसपीलाई सरुवा गरियो

काठमाडौँ, ४ भदाै । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा अनुसन्धानमा खटिएका दुई एसएसपीलाई जिम्मेवारीबाट हटाइएको छ । गृह मन्त्रालयले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा. मनोज केसी र काठमाडौँ प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको हो । केसीको ठाउँमा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा रहेका एसएसपी सोमेन्द्रसिंह राठौरलाई पठाइएको छ भने काठमाडौँ प्रहरी परिसर, टेकुमा […]

भक्तपुरस्थित बाल सुधारगृहमा तोडफोड, करिब १५० बालबालिका फरार

भक्तपुर, ४ भदाै । भक्तपुरको सानोठिमीस्थित बाल सुधारगृहबाट करिब डेढ सय बालबालिका भागेका छन् । विभिन्न अपराधमा मुछिएका बालबालिकाहरू सुधारगृहमा तोडफोड गरी फरार भएका हुन् । सुधारगृहमा दुई सय ५६ जनामध्ये ३२ महिला र केही पुरुष मात्र बाँकी रहेको बताइएको छ । भाला, छुरी लिएर आएका केही व्यक्तिले करिब डेढ सय कैदीलाई पछाडिको ढोका फोडेर […]

एसिया कप खेल्ने भारतीय टिमको घोषणा

एजेन्सी । एसिया कप खेल्ने भारतीय टिमको घोषणा गरिएको छ । भारतीय क्रिकेट कंट्रोल बोर्ड बीसीसीआईले दुई सातापछि श्रीलंका र पाकिस्तानमा हुने एसिया कप खेल्ने टिमको घोषणा गरेको हो । भारतको टोलीमा दुई प्रमुख ब्याटर लोकेश राहुल र श्रेयस ऐर टोलीमा फर्किएका छन् । भारतले अघिल्लो साता वेस्टइन्डिजविरुद्ध डेब्यू गरेका तिलक वर्मालाई पनि टोलीमा समेटेको […]

मूल्यांकनमा असफल जनमत पार्टीका चार प्रदेश सांसदमाथि कारबाही हुने

काठमाडौँ, ३ भदौ । जनमत पार्टीले आन्तरिक मूल्यांकन प्रणालीमा असफल भएका चार प्रदेश सांसदलाई कारबाही गर्ने तयारी गरेको छ । जनमतले मधेशका १३ र लुम्बिनीका ३ गरी १६ प्रदेश सांसदको कार्यसम्पादन मूल्यांकन गरेको हो । मूल्यांकनमा असफल भएका चार सांसदमाथि कारबाही सुरु गर्ने जनमतको तयारी छ । यसरी मूल्यांकनमा असफल हुनेमा सांसद्हरू चन्दन सिंह, अनिता […]

कक्षा १२ को परीक्षामा प्रदेशमा प्रथम भएको मोनाष्टिकको दाबी, उत्कृष्ट विद्यार्थीलाई सम्मान

जनकपुरधाम, ०३ भदाै । जनकपुरधामस्थित मोनाष्टिक आवासीय उच्च माध्यमिक विद्यालयले कक्षा १२ को वार्षिक परीक्षामा मधेश प्रदेशमै प्रथम स्थान ल्याएको दाबी गरेको छ । उत्कृष्ट विद्यार्थीहरूको सम्मानमा आइतबार गरेको कार्यक्रममा विद्यालयका निर्देशक डा‌. सोनु साहले यस्तो दाबी गर्नुभएको हो । राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को वार्षिक परीक्षामा व्यवस्थापन संकायतर्फ सुनिल साहले ३ दशमवल […]

नवजात शिशु हराएपछि चिकित्सकसहित दुई जना पक्राउ

विराटनगर, ३ भदाै । विराटनगरस्थित ग्रिनक्रस हस्पिटलमा जन्मिएको नवजात शिशु हराएपछि चिकित्सकसहित दुई जना पक्राउ परेका छन् । अविवाहित युवतीबाट जन्मिएको नवजात शिशु हस्पिटलबाट हराएपछि मोरङ प्रहरीले स्त्री तथा प्रसूति रोग विशेषज्ञ ६८ वर्षीय डा. तपेश्वरलाल कर्णसहित दुई जना पक्राउ गरेको हो । डा. कर्ण र भोजपुरको हतुवागढी गाउँपालिका–४ घर भएका २७ वर्षीय गोविन्द राईलाई […]

काठमाडौँमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

काठमाडौँ, ३ भदाै । काठमाडौँको अन्नपूर्ण चोकमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । आइतबार बिहान बालाजुबाट कलंकीतर्फ आउँदै गरेको ना ५ ख ५०९२ नम्बरको बसले स्वयम्भुनजिकै अन्नपूर्ण चोकमा विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश-०२-०३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनामा ३२ वर्षीय रामकुमार भारती र सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिकाकी ३२ वर्षीय […]