Samajik Feed – News Portal from Nepal

एजेन्सी । एसिया कप खेल्ने भारतीय टिमको घोषणा गरिएको छ । भारतीय क्रिकेट कंट्रोल बोर्ड बीसीसीआईले दुई सातापछि श्रीलंका र पाकिस्तानमा हुने एसिया कप खेल्ने टिमको घोषणा गरेको हो । भारतको टोलीमा दुई प्रमुख ब्याटर लोकेश राहुल र श्रेयस ऐर टोलीमा फर्किएका छन् । भारतले अघिल्लो साता वेस्टइन्डिजविरुद्ध डेब्यू गरेका तिलक वर्मालाई पनि टोलीमा समेटेको छ । तर विकेटकिपर सन्जु स्यामसनलाई टोलीबाट बाहिर राखेको छ । स्यामसन वैकल्पिक खेलाडीका रूपमा टोलीमा हुनेछन् । भारतीय टोलीमा जस्प्रित बुमराह, लोकेश राहुल र श्रेयस ऐरले पूनरागमन गरेका छन् ।

एसिया कप खेल्ने भारतीय टिम:

रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस ऐर, सूर्यकुमार यादव, तिलक बर्मा, लोकेश राहुल, ईशान किशन, हार्दिक पान्ड्या (उपकप्तान), रविन्द्र जडेजा, शार्दुल ठाकुर, अक्षर पटेल, कुलदीप यादव, मोहम्मद शिराज, जस्प्रित बुमराह, मोहम्मद शामी र प्रसिद्ध कृष्ण रहेका छन् । सन्जु स्यामसनलाई भने वैकल्पिक खेलाडीका रूपमा राखिएको छ ।

एसिया कप ३० अगष्ट देखि १७ सेप्टेम्बरसम्म हुनेछ । भारतका सबै खेल श्रीलंकामा हुनेछन् । नेपाल, भारत र पाकिस्तान समूह ए मा छन् । समूह बी मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् । भारतले पहिलो खेल २ सेप्टेम्बरमा पाकिस्तान र ४ सेप्टेम्बरमा नेपालसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *