Samajik Feed – News Portal from Nepal

रौतहट, ७ भाद्र । राैतहटको चन्द्रपुरका स्थानीयले पैदल यात्रीलाई ठक्कर दिने ट्रकमा आगजनी गरेका छन् ।

बिहीबार ना. ६ ख १५०० नम्बरको ट्रकले चन्द्रपुरमा ठक्कर दिँदा पैदल यात्री होममाया मगर बिमलीको मृत्यु भएको थियो । चन्द्रपुर–१ की बिमलीको मृत्युपछि स्थानीयवासीले ट्रकमा आगजनी गरेका हुन् ।

स्थानीयले आगो निभाउन गएको चन्द्रपुर नगरपालिकाको बारुणयन्त्रमा समेत तोडफोड गरेका छन् । ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *