Samajik Feed – News Portal from Nepal

बैंकले अत्यधिक ब्याज लिएको भन्दै संघर्ष गर्ने आईटी आर्मीको निर्णय

रौतहट, ६ असोज । आम जनता पार्टीअन्तर्गतको आईटी आर्मीले बैंकले मनोमानी ब्याज लिएको भन्दै संघर्ष गर्ने निणर्य गरेको छ । शनिबार रौतहटको गरुडामा बसेको आईटी आर्मीको नगर भेलाले यस्तो निर्णय गरेको हो । भेलाले बैंकले मनोमानी लिएको ब्याजको रकम फिर्ता गर्न संघर्ष गरौँ ! आईटी आर्मीलाई आम जनताको सेवामा समर्पित गरौँ !! भन्ने नारा पनि […]

भारतीय क्रिकेट ओडीआई वरीयताको पहिलो स्थानमा

एजेन्सी, ६ असोज । भारतीय क्रिकेट टोली आईसीसी एकदिवसीय वरीयताको पहिलो स्थानमा पुगेको छ । मोहालीमा भएको एकदिवसीय क्रिकेटमा अस्ट्रेलियालाई ५ विकेटले पराजित गर्दै भारतीय क्रिकेट टोलीले यो स्थान हासिल गरेको हो । योसँगै भारतीय टोलीले नयाँ इतिहास रचेको छ । अब भारतीय टोलीले क्रिकेटका तीनवटै फर्म्याट, टेस्ट, ओडीआई र टी–२० मा एकैसाथ नम्बर १ […]

विद्यालय शिक्षा विधेयकविरुद्ध प्रदर्शन गर्ने १६ विद्यार्थी नेता पक्राउ

काठमाडौँ, ५ असोज । विद्यालय शिक्षा विधेयकविरुद्ध सिंहदरबार अगाडि प्रदर्शन गर्ने मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका १६ जना पक्राउ परेका छन् । अखिल क्रान्तिकारीका संयोजक मिलन राईसहित १६ जनालाई प्रहरीले पक्राउ गरेको हो । शिक्षकहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै उनीहरू विरोधमा उत्रिएका थिए । शिक्षकहरू संसदमा दर्ता भएको शिक्षा विधेयकमा विभिन्न […]

अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

न्यूयोर्क । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेन र प्रधानमन्त्री पुष्पकमल दाहालबीच आज अमेरिकाको न्युयोर्कमा भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री दाहाल र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेट भएको हो । संक्षिप्त भेटमा दुई देशबीचका आपसी हित र सहकार्यका विषयमा कुराकानी भएको थियो । भेटमा राष्ट्रपति बाइडेनकी श्रीमती जिल […]

सुनसरीमा नक्कली नोटसहित एक जना पक्राउ

काठमाडौँ, ५ असोज। सुनसरीको इटहरीमा नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । ईटहरी उपमहानगरपालिका ६ हटिया लाईनबाट १ हजार दरको १६ सय थान नक्कली नोटसहित संखुवासभा पाँचखपन नगरपालिका ५ खमारे बस्ने २५ वर्षीय बिवेक राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित […]

मलंगवामा दुई समुदाबीच फेरि झडप, अनिश्चितकालीन कर्फ्यु

सामाजिक फीड-जनकपुरधाम, असोज ५ गते । सर्लाहीको पुरानो मलंगवामा स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले गएराति १० बजदेखि अर्को आदेश वा व्यवस्था नहुन्जेलसम्मका लागि मलंगवाका निश्चित क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो । बिहीबार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पूर्वमा झिम नदी,  दक्षिणमा नेपाल भारत सीमा क्षेत्र, उत्तरमा प्रहरी पोस्ट र […]

एसईई ग्रेडवृद्धिको नतिजा सार्वजनिक

काठमाडाैँ, ४ असाेज । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धिको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत साउन २६ र २७ गते सञ्चालन गरेको २०७९ सालको पूरक परीक्षाको नतिजा बिहीबार सार्वजनिक गरेको हो । नतिजाअनुसार ६६.९७ प्रतिशत विद्यार्थीले ग्रेडवृद्धि गरेका हुन् । परीक्षामा १ लाख १३ हजार ३१३ विद्यार्थी सहभागी भएका थिए । […]

भारत र क्यानडाबीच विवाद, भारतद्वारा क्यानडा भिसा बन्द

एजेन्सी । भारतले क्यानडाको राजधानी ओटावास्थित आफ्नो दूतावासबाट जारी गर्दै आएको प्रवेशाज्ञा (भिसा) सेवा बन्द गरेको छ । अर्काे सूचना जारी नभएसम्मका लागि भिसा सेवा बन्द गरिएको दूतावासका निम्ति सेवा प्रवाह गर्दै आएको बीएसएल इन्टरनेशनल सर्भिसेजले जनाएको छ । केही समयदेखि बीएसएल इन्टरनेशनल सर्भिसेजले भारत सरकारका लागि भिसा, राहदानी, ‘कन्सुलर’ र प्रमाणीकरण प्रबन्ध गर्दै आएको […]

शिक्षकहरूको आन्दोलन जारी, बिहीबार पनि प्रदर्शन

काठमाडौँ, ४ असोज । सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा आज दोस्रो दिन पनि शिक्षकहरूले प्रदर्शन जारी राखेका छन् । काठमाडौँको माइतीघरमा देशभरबाट आन्दोलनका लागि आएका शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन् । नेपाल शिक्षक महासंघको अगुवाइमा आन्दोलन भएको हो । आन्दोलनका कारण उपत्यकाको ट्राफिक अस्तव्यस्त बनेको छ । बुधवारबाट सुरु भएको काठमाडौँ केन्द्रित […]

सरकार र चिकित्सकहरूबीच सहमति, आन्दोलन फिर्ता

सामाजिक फीड काठमाडौँ, भदौ ३१ गते। सरकार र नेपाल चिकित्सक संघबीच सहमति भएपछि आन्दोलन फिर्ता भएको छ । आइतबार साँझ सरकारसँग ६ बुँदे सहमति भएपछि चिकित्सकहरूले आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन् । सहमतिअनुसार हेटाैँडाको सञ्चो अस्पतालमा डाक्टरमाथि कुटपिट गर्ने अभियोगमा पक्राउ परेका ४ जना र पक्राउ पुर्जी जारी भएका अन्य ५ जनालाई पक्राउ गरी स्वास्थ्यकर्मी […]