Samajik Feed – News Portal from Nepal

रौतहट, ६ असोज । आम जनता पार्टीअन्तर्गतको आईटी आर्मीले बैंकले मनोमानी ब्याज लिएको भन्दै संघर्ष गर्ने निणर्य गरेको छ ।

शनिबार रौतहटको गरुडामा बसेको आईटी आर्मीको नगर भेलाले यस्तो निर्णय गरेको हो । भेलाले बैंकले मनोमानी लिएको ब्याजको रकम फिर्ता गर्न संघर्ष गरौँ ! आईटी आर्मीलाई आम जनताको सेवामा समर्पित गरौँ !! भन्ने नारा पनि तय गरेको छ ।

अत्यधिक ब्याज दरविरुद्धको संघर्ष आफूहरूले जारी राखेको भन्दै यो संघर्षलाई थप सशक्त बनाउन नयाँ कार्यक्रमहरू पनि सार्वजनिक गर्ने आईटी आर्मीका केन्द्रीय अध्यक्ष चन्द्रभुषण साहले बताउनुभयो । भेलाले ५१ सदस्यीय नगर कमिटी पनि गरेको छ ।

भेलामा पार्टीका आईटी आर्मीका नगर अध्यक्ष अमीन्द्र यादव, आजपाका जिल्ला इन्चार्ज त्रिभुवन साह अमर, आईटी आर्मीका जिल्ला इन्चार्ज बालाशंकर कुशवाहा, नेताहरू रविन्द्र यादव, रामशरण यादवलगायत सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *