एजेन्सी, ६ असोज । भारतीय क्रिकेट टोली आईसीसी एकदिवसीय वरीयताको पहिलो स्थानमा पुगेको छ ।
मोहालीमा भएको एकदिवसीय क्रिकेटमा अस्ट्रेलियालाई ५ विकेटले पराजित गर्दै भारतीय क्रिकेट टोलीले यो स्थान हासिल गरेको हो । योसँगै भारतीय टोलीले नयाँ इतिहास रचेको छ ।
अब भारतीय टोलीले क्रिकेटका तीनवटै फर्म्याट, टेस्ट, ओडीआई र टी–२० मा एकैसाथ नम्बर १ को वरियतामा कब्जा जमाएको छ । यो पहिलो पटक हो जब भारतले क्रिकेटका तीनवटै फर्म्याटमा एकै पटक नम्बर १ टिम बन्ने गौरव प्राप्त गरेको हो ।