Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, असोज ५ गते ।

सर्लाहीको पुरानो मलंगवामा स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीले गएराति १० बजदेखि अर्को आदेश वा व्यवस्था नहुन्जेलसम्मका लागि मलंगवाका निश्चित क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो । बिहीबार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पूर्वमा झिम नदी,  दक्षिणमा नेपाल भारत सीमा क्षेत्र, उत्तरमा प्रहरी पोस्ट र बाबा पेट्रोल पम्पसम्म कर्फ्यु आदेश जारी गरिएको जानकारी दिएका छन् ।

यी क्षेत्रभित्र कसैले आवतजावत गर्न नपाइने, भेला हुन नपाइने, बाहिर हिँडडुल गर्न एवम् अरू कुनै प्रकारको उच्छृङ्खल गतिविधि गर्न बन्देज लगाइएको छ ।  

बिहीबार राति एक समूहले मूर्ति सेलाउने क्रममा भएको विवादपछि केही स्थानमा तोडफोड र आगजनी गरेलगत्तै कर्फ्यु आदेश जारी गरिएको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *