काठमाडौँ, ५ असोज। सुनसरीको इटहरीमा नक्कली नोटसहित एक जना पक्राउ परेका छन् ।
ईटहरी उपमहानगरपालिका ६ हटिया लाईनबाट १ हजार दरको १६ सय थान नक्कली नोटसहित संखुवासभा पाँचखपन नगरपालिका ५ खमारे बस्ने २५ वर्षीय बिवेक राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।