न्यूयोर्क । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेन र प्रधानमन्त्री पुष्पकमल दाहालबीच आज अमेरिकाको न्युयोर्कमा भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री दाहाल र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेट भएको हो ।
संक्षिप्त भेटमा दुई देशबीचका आपसी हित र सहकार्यका विषयमा कुराकानी भएको थियो ।
भेटमा राष्ट्रपति बाइडेनकी श्रीमती जिल ज्याकोब र प्रधानमन्त्रीकी छोरी गंगा दाहाल सहभागी भएका थिए ।