चिकित्सकमाथि कुटपिट भएको विरोधमा काठमाडौँमा प्रदर्शन

सामाजिक फीड– काठमाडौँ, ९ असोज । पोखराको मणिपाल शिक्षण अस्पतालमा चिकित्सकमाथि भएको कुटपिटको विरोधमा चिकित्सकहरूले काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् । चिकित्सकहरूले मंगलबार माइतीघरमा प्रदर्शन गरेका हुन् । त्यसक्रममा प्रहरी र चिकित्सकहरूबीच केहीबेर घम्साघम्सी पनि भएको थियो । लमजुङ सुन्दरबजारकी ५७ वर्षीया महिलाको सोमबार उपचारका क्रममा अस्पतालमा मृत्यु भएपछि उनका आफन्त कुटपिटमा उत्रिएका थिए । […]
कक्षा १२ को ग्रेडवृद्धि परीक्षा सुरु

भक्तपुर, ९ असोज । कक्षा १२ को ग्रेडवृद्धि परीक्षा सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत साउन ३० गते भएको कक्षा १२ को नतिजा सार्वजनिकमा ‘नन ग्रेडेड’ (एनजी) ल्याएका विद्यार्थीहरूका लागि आजदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गरेको हो । आज र बुधबार दुई दिन परीक्षा सञ्चालन हुनेछ । बिहान ११ बजे सुरु भएको परीक्षा […]
१९ औँ एसियाली खेलकुद : भारतलाई महिला क्रिकेटमा स्वर्ण पदक

चीन, ८ असोज । १९ औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको उपाधि भारतले जितेको छ । चीनमा जारी प्रतियोगिताअन्तर्गत सोमबार भएको फाइनलमा भारतले श्रीलंकालाई १९ रनले हराएर स्वर्ण पदक जितेको हो । पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय १६ रन बनाएको थियो । जवाफी ब्याटिङमा श्रीलंकाले आठ विकेटको क्षतिमा […]
नागरिकता र लिखतसम्बन्धी कसुरमा एक भारतीय पक्राउ

काठमाडौँ, ८ असोज । नागरिकता र लिखतसम्बन्धी कसुरमा एक भारतीय नागरिक पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भारतको विहार राज्य पूर्वी चम्पारण–१० खरतरीका जागा चौधरी भन्ने जग्गाप्रसाद जैसवाललाई पक्राउ गरेको हो । उनले रौतहटको साविक सरमुजवा गाविस–९ बाट नागरिकता लिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । २०६३ मा स्थलगत […]
प्रधानसेनापति शर्मा भारत प्रस्थान, आईपीएसीसीमा सहभागी हुने

काठमाडाैँ, ७ असोज । प्रधानसेनापति प्रभुराम शर्मा आइतबार भारत प्रस्थान गरेका छन् । प्रधानसेनापनि शर्मा सोमबारदेखि असोज १० गतेसम्म नयाँ दिल्लीमा आयोजना हुने १३ औँ इन्डो–प्यासिफिक आर्मिज चिफ (आईपीएसीसी)मा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन् । प्रधानसेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी सरोजप्रताप राणाले बिदाइ गरे । यस अवसरमा रथीहरू, रक्षा मन्त्रालयका पदाधिकारीलगायत सैनिक अधिकृतहरूको […]
जसपा कोशी प्रदेश समिति पुनर्गठन, अध्यक्षमा दीपक याक्खा

सुनसरी, ७ असाेज । जनता समाजवादी पार्टी (जसपा) को कोशी प्रदेश समिति पुनर्गठन भएको छ । सुनसरीको इटहरिस्थित प्रदेश कार्यालयमा भएको बैठकले दीपक याक्खाको नेतृत्वमा ५१ सदस्यीय समिति बनाइएको हो । समितिको उपाध्यक्षमा सविता यादव, प्रेम वनेम, दिपेश राई, मुख्यसचिवमा घनश्याम कटुवाल, सचिवहरूमा हस्तशोभा राई, अनिल ठाकुर, घनराज सुब्बा र कोषाध्यक्षमा केशरमान गुरुङ रहेका छन् […]
सिम्रौनगढका तत्कालीन सीईओसहित पाँच जनाविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडाैँ, ७ असाेज । बारा सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनीसहित पाँच जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा पाँच जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो । अख्तियारले प्रमुख प्रशासकीय अधिकृत मरासेनी, लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरी, जनता मा.वि. भवन निर्माण समितिका अध्यक्ष रामबाबुप्रसाद यादव, सचिव रामाकान्त प्रसाद […]
भ्रमणका क्रममा प्रधानमन्त्री दाहाल बेइजिङ पुगे

बेइजिङ, ७ असोज । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल बेइजिङ पुगेका छन् । हाङ्जाओबाट बेइजिङ पुगेका दाहालले कूटनीतिक भेटवार्ता गर्नुका साथै नेपाल-चीन बिजनेस समिटलाई सम्बोधन गर्नेछन् । यसअघि शनिबार उनले हाङ्जाओमा एसियाली खेलकुद उद्घाटन समारोहमा भाग लिएका थिए । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएका दाहाल त्यतैबाट चीन पुगेका हुन् । हाङ्जाओमै दाहालले […]
कांग्रेसनिकट मुस्लिम सङ्घको महाधिवेशन आइतबार हुने

काठमाडौँ, ६ असोज । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल मुस्लिम सङ्घको महाधिवेशन हुने भएको छ। मुस्लिम सङ्घको महाधिवेशन राष्ट्रिय सभागृहमा असोज ७ र ८ गते हुने संघका कार्यवाहक सभापति अताबुल मन्सुरले जानकारी दिएका छन् । अध्यक्षका लागि कार्यवाहक सभापति मन्सुर, महासचिव मुक्तार आलम, सलावत दिनमियाँ दाबेदारी रहेको छ । उनीहरू सबै सभापति देउवानिकट मानिन्छन् । […]
दाङको तुलसीपुरमा एक महिलाको हत्या

दाङ, ६ असोज । दाङको तुलसीपुरमा एक महिलाको हत्या भएको छ । शनिबार तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुराकी ४३ वर्षीया रिता लामिछानेको हत्या भएको हो । उनको स्थानीय अन्दाजी ४२ वर्षीय टेकबहादुर हमालले खुकुरी प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । खुकुरी प्रहारबाट थप दुई जना घाइते भएका छन् । खुकुरी प्रहारबाट स्थानीय […]