Samajik Feed – News Portal from Nepal

दाङ, ६ असोज । दाङको तुलसीपुरमा एक महिलाको हत्या भएको छ । शनिबार तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुराकी ४३ वर्षीया रिता लामिछानेको हत्या भएको हो ।

उनको स्थानीय अन्दाजी ४२ वर्षीय टेकबहादुर हमालले खुकुरी प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । खुकुरी प्रहारबाट थप दुई जना घाइते भएका छन् । खुकुरी प्रहारबाट स्थानीय अन्दाजी ६५ वर्षीया चन्द्रकुमारी हमाल र उनका छोरा ४५ वर्षीय वीरबहादुर हमाल गम्भीर घाइते भएका छन् ।

उनीहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । खुकुरी प्रहार गर्ने हमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । अभियुक्तले आफूलाई देउता चढेको भन्दै कुनै रिसिइबी नभएका छिमेकी र गाउँलेहरूमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *