Samajik Feed – News Portal from Nepal

चीन, ८ असोज । १९ औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको उपाधि भारतले जितेको छ । चीनमा जारी प्रतियोगिताअन्तर्गत सोमबार भएको फाइनलमा भारतले श्रीलंकालाई १९ रनले हराएर स्वर्ण पदक जितेको हो ।

पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय १६ रन बनाएको थियो । जवाफी ब्याटिङमा श्रीलंकाले आठ विकेटको क्षतिमा ९७ रन मात्र बनाउन सक्यो ।

तेस्रो स्थानका लागि सोमबार नै भएको खेलमा बंगलादेशले पाकिस्तानलाई पाँच विकेटले पराजित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *