Samajik Feed – News Portal from Nepal

भक्तपुर, ९ असोज । कक्षा १२ को ग्रेडवृद्धि परीक्षा सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत साउन ३० गते भएको कक्षा १२ को नतिजा सार्वजनिकमा ‘नन ग्रेडेड’ (एनजी) ल्याएका विद्यार्थीहरूका लागि आजदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गरेको हो ।

आज र बुधबार दुई दिन परीक्षा सञ्चालन हुनेछ । बिहान ११ बजे सुरु भएको परीक्षा अपराह्न २ बजेसम्म सञ्चालन हुनेछ ।

देशभरका कूल चार सय १९ परीक्षा केन्द्रमा एक लाख २३ हजार तीन सय ९६ परीक्षार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका छन् । त्यसमध्ये एक विषयमा मात्र नन ग्रेडेड अर्थात् एनजी आउने ७९ हजार पाँच सय ८४ विद्यार्थी परीक्षामा सहभागी छन् । लेटर ग्रेडिङ निर्देशिकाअनुसार कुनै विषयमा ३५ प्रतिशत अङ्क पनि नल्याएमा ननग्रेडेड एनजी हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *