Samajik Feed – News Portal from Nepal

काठमाडौँ, ८ असोज । नागरिकता र लिखतसम्बन्धी कसुरमा एक भारतीय नागरिक पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भारतको विहार राज्य पूर्वी चम्पारण–१० खरतरीका जागा चौधरी भन्ने जग्गाप्रसाद जैसवाललाई पक्राउ गरेको हो ।

उनले रौतहटको साविक सरमुजवा गाविस–९ बाट नागरिकता लिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । २०६३ मा स्थलगत रूपमा खटिएको नागरिकता बनाउने टोलीसमक्ष झुठो विवरण पेस गरी जैसवालले नेपाली नागरिकता लिएको अनुसन्धानबाट खुलेको छ ।

उनको नामको भारतीय आधारकार्डसमेत फेला परेको प्रहरीले जनाएको छ ।

जैसवाललाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रौतहट पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *