काठमाडाैँ, ७ असोज । प्रधानसेनापति प्रभुराम शर्मा आइतबार भारत प्रस्थान गरेका छन् ।
प्रधानसेनापनि शर्मा सोमबारदेखि असोज १० गतेसम्म नयाँ दिल्लीमा आयोजना हुने १३ औँ इन्डो–प्यासिफिक आर्मिज चिफ (आईपीएसीसी)मा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन् ।
प्रधानसेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी सरोजप्रताप राणाले बिदाइ गरे ।
यस अवसरमा रथीहरू, रक्षा मन्त्रालयका पदाधिकारीलगायत सैनिक अधिकृतहरूको उपस्थिति थियो ।