Samajik Feed – News Portal from Nepal

सुनसरी, ७ असाेज । जनता समाजवादी पार्टी (जसपा) को कोशी प्रदेश समिति पुनर्गठन भएको छ । सुनसरीको इटहरिस्थित प्रदेश कार्यालयमा भएको बैठकले दीपक याक्खाको नेतृत्वमा ५१ सदस्यीय समिति बनाइएको हो ।

समितिको उपाध्यक्षमा सविता यादव, प्रेम वनेम, दिपेश राई, मुख्यसचिवमा घनश्याम कटुवाल, सचिवहरूमा हस्तशोभा राई, अनिल ठाकुर, घनराज सुब्बा र कोषाध्यक्षमा केशरमान गुरुङ रहेका छन् ।

त्यस्तै समितिको निर्वाचन आयोग प्रमुखमा विनोद नेम्बाङ, लेखा परीक्षण आयोगको प्रमुखमा केबलराम राई, अनुशासन आयोगको प्रमुखमा नबीन राई र सचिवमा दिर्घमान तामाङलाई चयन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *