एसियन गेम्स क्रिकेट: पाकिस्तानलाई हराउँदै अफगानिस्तान फाइनलमा

चीन । चीनमा जारी १९ औँ एसियन गेम्सको पुरुष क्रिकेटमा पाकिस्तानलाई पराजित गर्दै अफगानिस्तान फाइनलमा पुगेको छ । पाकिस्तानलाई ४ विकेटले हराउँदै अफगानिस्तान स्वर्ण पदकका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ । चीनको हान्झाउमा पहिले ब्याटिङ गरेको पाकिस्तानले १८ ओभरमा सबै विकेटको क्षतिमा ११५ रन बनाएको थियो । उसका लागि उमर युसुफले सर्वाधिक २४ रन बनाएका थिए […]
सैनिक अधिकृतको दीक्षान्त समारोहमा ड्रोन आक्रमण, सय जनाभन्दा बढीको मृत्यु

एजेन्सी । सिरियामा सैनिक अधिकृतको दीक्षान्त समारोहमा ड्रोन आक्रमण हुँदा सय जनाभन्दा बढीको ज्यान गएको छ । आक्रमणमा परेर कम्तिमा २ सय ४० जना घाइते भएका छन् । होम्सको सैन्य कलेजमा समारोह चलिरहेका बेला आक्रमण भएको त्यहाँका स्वास्थ्यमन्त्रीलाई उद्धृत गरी अलजजिराले जनाएको छ । स्वास्थ्यमन्त्री हसन अल–घाबासले घाइतेहरूको अवस्था पनि निक्कै गम्भीर रहेको बताए। समारोहमा […]
हालसम्म करिब ३५ हजार जनामा डेंगु पुष्टि, ३० जनाको मृत्यु

काठमाडौँ, १९ असोज । नेपालमा अहिलेसम्म करिब ३५ हजार जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । पुस १५ गतेदेखि अहिलेसम्म करिब ३५ हजार जनामा डेंगु सङ्क्रमण पुष्टि भएकाे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । यस अवधिमा डेंगुका कारण ३० जनाको मृत्यु भएको छ । अहिले डेंगुको सङ्क्रमण नियन्त्रणतर्फ उन्मुख भए पनि जोखिम भने […]
आरती साह मृत्यु प्रकरणः पति र ससुरा साधारण तारेखमा रिहा

जनकपुरधाम, १८ असोज । आरती साहको मृत्यु घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका उनका पति र ससुरा साधारण तारेखमा रिहा भएका छन् । गत जेठ ७ गते आफ्नै घर जनकपुरधाम-९ थापाचोकमा २४ वर्षीया आरती मृत अवस्थामा फेला परेकी थिइन् । उनको मृत्यु शंकास्पद रहेको भन्दै माइती पक्षको जाहेरीपछि पक्राउ परेका पति मोतीबाबु साह र ससुरा […]
जनमतको कारबाहीमा परेका कुशवाहा एमालेमा प्रवेश

काठमाडौँ, १८ असोज । जनमत पार्टीको कारबाहीमा परेका नेता शिवचन्द्र कुशवाहा नेकपा एमालेमा प्रवेश गरेका छन् । गत वैशाख १० गतेको उपनिर्वाचनमा माओवादी केन्द्र छाडेर सीके राउत नेतृत्वको जनमत पार्टीबाट बारा–२ मा उम्मेदवार बनेका कुशवाह बिहीबार एमालेमा प्रवेश गरेका हुन् । एमाले केन्द्रीय कार्यालयमा अध्यक्ष केपीशर्मा ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, मधेश […]
क्रिकेटर दीपेन्द्रसिंह ऐरी सहायक हवल्दारमा बढुवा

काठमाडाैँ, १८ असोज । नेपाली राष्ट्रिय टोलीका सदस्य क्रिकेटर दीपेन्द्रसिंह ऐरी सहायक हवल्दारमा बढुवा भएका छन् । नेपाल प्रहरीका जवान पदबाट उनलाई सहायक हवल्दारमा बढुवा गरिएको डीआईजी कुवेर कडायतले बताएका हुन् । चीनको हाङझाउमा १९ औँ एसियाली खेलकुदमा रेकर्ड बनाएको भन्दै आईजीपी बसन्त कुँवरले विशेष बढुवा गरेको उनले बताएका छन् । samajik_feedsamajikfeed.com
मन्त्री यादवलाई मधेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी

जनकपुरधाम, १७ असोज । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्री कृष्णप्रसाद यादवलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिनुभएको छ । नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका नेतासमेत रहेका भौतिक पूर्वाधारमन्त्री यादवलाई मुख्यमन्त्री यादवले बुधबारबाट कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिनुभएको हो । काम विशेषले प्रदेश बाहिर जानुपर्ने भएकाले नआउञ्जेलसम्मका लाागि यादवलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएको मुख्यमन्त्री यादवले जनाउनुभएको छ […]
नेपालगञ्जमा बुधबार पनि कर्फ्यु जारी

बाँके, १७ असोज । बाकेँको नेपालगञ्ज उपमहानगरपालिकामा बुधबार पनि कर्फ्यु जारी छ । हिन्दू र मुस्लिम समुदायबीच तनाव बढेपछि मंगलबार दिउँसाे १ बजेबाट जारी गरिएको कर्फ्युलाई जिल्ला प्रशासन कार्यालयले निरन्तरता दिएको हो । ओमकार परिवार, हिन्दू समाज र शिव सेना नेपालले संयुक्त रूपमा बागेश्वरी मन्दिरदेखि सुरु गरेको र्याली बीपीचोकबाट त्रिभुवनचोक जाने क्रममा अज्ञात समूहले ढुंगा […]
नेपालले एसियन गेम्समा कम्तिमा कास्य पदक जित्ने निश्चित

चीन । नेपालले चीनमा जारी १९ औँ एसियन गेम्समा कम्तिमा एउटा कास्य पदक जित्ने निश्चित भएको छ । नेपालले महिला कबड्डीतर्फ कास्य पदक जित्ने निश्चित भएको हो । समूह ‘बि’ को अन्तिम खेलमा बुधबार इरानले बंगलादेशलाई हराएकाले नेपाल कास्य पदक पाउने भएको छ । यो समूहको पहिलो खेलमा नेपालले बंगलादेशलाई हराएको थियो भने दोस्रो खेलमा […]
धादिङमा ट्रकको ठक्करबाट दुई बालकको मृत्यु

धादिङ, १७ असोज । धादिङमा ट्रकको ठक्करबाट ट्युसन पढ्न हिँडेका दुई बालकको मृत्यु भएको छ । काठमाडौँबाट चितवन जाँदै गरेको प्रदेश २-००१ ख ६४१३ नम्बरको ट्रकले पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ मजुवामा दुई बालकलाई ठक्कर दिँदा उनीहरूको मृत्यु भएको हो । मृत्यु हुनेमा सिद्धलेक गाउँपालिका-६ परेवाटारका १४ वर्षीय निर्मल श्रेष्ठ र १५ वर्षीय सञ्जिव श्रेष्ठ […]