चीन । चीनमा जारी १९ औँ एसियन गेम्सको पुरुष क्रिकेटमा पाकिस्तानलाई पराजित गर्दै अफगानिस्तान फाइनलमा पुगेको छ । पाकिस्तानलाई ४ विकेटले हराउँदै अफगानिस्तान स्वर्ण पदकका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ ।
चीनको हान्झाउमा पहिले ब्याटिङ गरेको पाकिस्तानले १८ ओभरमा सबै विकेटको क्षतिमा ११५ रन बनाएको थियो । उसका लागि उमर युसुफले सर्वाधिक २४ रन बनाएका थिए ।
पाकिस्तानलाई सस्तैमा समेट्ने क्रममा फरिद अहमदले ३ तथा कैस अहदम र जाहिर खानले २–२ विकेट लिए । १ सय १६ रनको लक्ष्य अफगानिस्तानले नूर अलिको ३९ रनको मद्दतमा १७.५ ओभरमा ६ विकेटको क्षतिमा पूरा गरेको थियो ।