धादिङ, १७ असोज । धादिङमा ट्रकको ठक्करबाट ट्युसन पढ्न हिँडेका दुई बालकको मृत्यु भएको छ ।
काठमाडौँबाट चितवन जाँदै गरेको प्रदेश २-००१ ख ६४१३ नम्बरको ट्रकले पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-२ मजुवामा दुई बालकलाई ठक्कर दिँदा उनीहरूको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सिद्धलेक गाउँपालिका-६ परेवाटारका १४ वर्षीय निर्मल श्रेष्ठ र १५ वर्षीय सञ्जिव श्रेष्ठ छन् । धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार उनीहरू बिहान ट्युसन पढ्न जाँदै थिए ।
बाटो काट्ने क्रममा ट्रकले ठक्कर दिँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । ट्रकका चालक रौतहटका अशोक बम्जन प्रहरीको नियन्त्रणमा रहेको एसपी मिश्रले जानकारी दिएका छन् ।