चीन । नेपालले चीनमा जारी १९ औँ एसियन गेम्समा कम्तिमा एउटा कास्य पदक जित्ने निश्चित भएको छ ।
नेपालले महिला कबड्डीतर्फ कास्य पदक जित्ने निश्चित भएको हो । समूह ‘बि’ को अन्तिम खेलमा बुधबार इरानले बंगलादेशलाई हराएकाले नेपाल कास्य पदक पाउने भएको छ ।
यो समूहको पहिलो खेलमा नेपालले बंगलादेशलाई हराएको थियो भने दोस्रो खेलमा नेपाल इरानसँग हारेको थियो । समूहमा दुई खेल जितेको इरान समूह विजेता तथा एक खेल जितेको नेपाल उपविजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेका छन् ।
सात टोली सहभागी महिला कबड्डीमा समूह ‘ए’ मा चार तथा ‘बी’ मा तिन टोली छन् । सेमिफाइनलमा पुगेको नेपालले अबको खेल जितेको खण्डमा कम्तिमा रजत पदक पक्का हुनेछ भने हारेको खण्डमा कास्य पदकमै सीमित हुनुपर्नेछ ।