इजरायलमा मृत्यु भएका पाँच जनाको शव दूतावासलाई प्राप्त

काठमाडौँ, २९ असोज । हमासले गरेको हमलामा परी मृत्यु भएकामध्ये पाँच जनाको शव प्राप्त भएको इजरायलस्थित नेपाली राजदूतावासले जनाएको छ । राजदूतावासले विज्ञप्ति जारी गरी मृत्यु भएका १० नेपाली विद्यार्थीमध्ये कैलालीको घोडाघोडी नगरपालिका-४ का नारायणप्रसाद न्याैपानेसहित पाँच जनाको शव प्राप्त भएको जनाएको हो । त्यस्तै, दार्चुलाको मालिकार्जुन नगरपालिका-४ का लोकेन्द्रसिंह धामी, बझाङको जयपृथ्वी नगरपालिका-६ का […]
कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीले लिए सपथ

विराटनगर, २८ असोज । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनियताको शपथ लिएका छन् । नवनियुक्त मुख्यमन्त्री केदार कार्कीलाई आइतबार प्रदेश प्रमुख परशुराम खापुङले शपथ ग्रहण गराएका हुन् । आजै मुख्यमन्त्री कार्कीले एमाले र कांग्रेसका एक–एक जनालाई मन्त्री बनाएका छन् । जसअनुसार कार्कीको शपथपछि प्रदेश प्रमुखबाट शम्शेर राई र रामबहादुर रानाले पनि मन्त्रीको […]
अफगानिस्तानमा आज फेरि शक्तिशाली भूकम्प

काठमाडौँ, २८ असोज । अफगानिस्तानमा आज फेरि शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ । अफगानिस्तानमा एक साताको फरकमा अर्को ठूलो भूकम्पको धक्का महसुस भएको हो । गत साता शक्तिशाली भूकम्पका कारण दुई हजार ५०० भन्दा बढी नागरिकको मृत्यु भएको थियो । आइतबार उत्तरी अफगानिस्तानको हेरात शहरमा स्थानीय समयअनुसार बिहान ८ बजेर ६ मिनेटको समयमा ६.३ […]
जीतपुर सिमराका पूर्वमेयर पौडेलको निधन

बारा, २६ असोज । बाराको जीतपुर सिमराका पूर्वनगरप्रमुख कृष्ण पौडेलको निधन भएको छ । पूर्वनगर प्रमुख पाैडेल बिहीबार साँझ घरमै मृत अवस्थामा भेटिएका हुन् । नेकपा एमालेका मधेश प्रदेश कमिटीका सचिवसमेत रहेका पौडेल घरभित्र सुत्ने कोठाको भुइँमा लडिरहेको अवस्थामा फेला परेका थिए । शव पोष्टमार्टमका लागि नारायणी अस्पताल वीरगञ्ज लगिएको छ । प्रहरीले घटनाको छानबिन […]
राैतहटको फतुवा विजयपुरका मेयर यादव भ्रष्टाचारी ठहर, ३ वर्ष कैद र १५ लाख जरिवाना

रौतहट, २५ असोज । भ्रष्टाचारी ठहरिएका राैतहटको फतुवा विजयपुरका मेयर गोपाल राय यादवलाई विशेष अदालतले ३ वर्ष कैद र १५ लाख जरिवाना तोकेको छ । लालबकैया नदीको टेन्डरमा भ्रष्टाचार गरेको ठहरिएपछि विशेष अदालतले निलम्बित मेयर यादवलाई ३ वर्ष कैद र १५ लाख रुपैयाँ जरिवाना गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ जना जनप्रतिनिधिसहित २१ […]
इजरायलबाट १० नेपालीको शव ल्याउन केही ढिलाइ हुने: परराष्ट्र मन्त्रालय

काठमाडौँ, २४ असोज । इजरायलमा हमासको हमलामा मृत्यु भएका १० नेपालीको शव ल्याउन केही विलम्ब हुने सरकारले जनाएको छ । परराष्ट्र मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी यस्तो जानकारी गराएको हो । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले इजरायल सरकारले शव हस्तान्तरण गरेपछि मात्रै नेपाल ल्याउन सकिने बताइन् । उनले शव छिटो ल्याउन सरकारले सहकार्य गरिरहेको र […]
इटहरीमा दुई मोटरसाइकल ठोक्किए, एक जनाको मृत्यु

सुनसरी, २४ असोज । सुनसरीको इटहरीमा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । मंगलबार दिउँसो इटहरी उपमहानगरपालिका-३ शान्तिचोकमा को.३१ प ६९४८ नम्बरको मोटरसाइकल र को. २१ प ६४३१ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा को.२१ प ६४३१ नम्बरको मोटरसाइकलमा सवार धनकुटाका २६ वर्षीय दीपक […]
नेपालीहरूलाई ल्याउन निगमको जहाज बुधबार इजरायल जाने

काठमाडौँ, २४ असोज । युद्धग्रस्त क्षेत्र इजरायलमा रहेका नेपाली नागरिकहरूलाई स्वदेश ल्याउन नेपाल वायुसेवा निगमको जहाज बुधबार राति त्यसतर्फ जाने भएको छ । दुबईको नियमित फ्लाइट सेड्युलमा रहेको जहाज त्यहाँ यात्रु झारेर इजरायलको तेलअविव पुग्ने भएको छ । २७८ सिट क्षमताको जहाजमा करिब साढे २ सय जनालाई नेपाल ल्याइने छ । हालसम्म करिब ३ सय […]
इजरायलमा ज्यान गुमाउने आनन्दको परिवारलाई मधेश सरकारले पाँच लाख दिने

जनकपुरधाम, २५ असोज । इजरायलमा हमासको हमलामा मृत्यु भएका धनुषा सपहीका आनन्द साहको परिवारलाई मधेश सरकारले राहतस्वरूप पाँच लाख दिने निर्णय गरेको छ । मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार विज्ञप्ति जारी गर्दै धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीका २२ वर्षीय साहको परिवारलाई राहतस्वरूप पाँच लाख रुपैयाँ उपलब्ध गराउने जानकारी दिनुभएको हो । साथै, मुख्यमन्त्री यादवले मृतक साहको परिवारमा […]
काठमाडौँमा भूकम्पको धक्का

काठमाडौँ, २३ असोज । काठमाडौँको सुन्धारा केन्द्रबिन्दु भएर मंगलबार भूकम्पको धक्का गएको छ । साँझ ५ बजे ४ म्याग्निच्युडभन्दा कम तीव्रताको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको केन्द्रबिन्दु सुन्धारा भएर ३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र प्रमुख लोकविजय अधिकारीले जानकारी दिएका छन् । samajik_feedsamajikfeed.com