Samajik Feed – News Portal from Nepal

काठमाडौँ, २४ असोज । युद्धग्रस्त क्षेत्र इजरायलमा रहेका नेपाली नागरिकहरूलाई स्वदेश ल्याउन नेपाल वायुसेवा निगमको जहाज बुधबार राति त्यसतर्फ जाने भएको छ ।

दुबईको नियमित फ्लाइट सेड्युलमा रहेको जहाज त्यहाँ यात्रु झारेर इजरायलको तेलअविव पुग्ने भएको छ ।

२७८ सिट क्षमताको जहाजमा करिब साढे २ सय जनालाई नेपाल ल्याइने छ । हालसम्म करिब ३ सय नेपालीले स्वेदश फर्किन अनलाइन आवेदन दिइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *